सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै « Khabarhub

सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।  रिक्त रहेको बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको उपनिर्वाचनद्वारा पदपूर्ति गरिँदै छ ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित स्वामीकात्तिकखापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएको थियो ।

यसैगरी रिक्त रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–६, डोटीको पूर्वीचौकी गाउँपालिका–६, बझाङको सुर्मा गाउपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका–५को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमदत्त भट्टले जानकारी दिए। 

डोटीको पूर्वीचौकी–६ र कञ्चनपुरको भीमदत्त–६ मा पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएको थियो । बझाङको सुर्मा–४ र दार्चुलाको दुहु–५मा नेकपा ९एमाले०बाट निर्वाचित वडा अध्यक्षको निधन भएको थियो ।

उपनिर्वाचनका लागि यही कात्तिक २० गते सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको छ । भट्टले भने, “वडा तहको उपनिर्वाचनमा सम्बन्धित वडामै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी त्यहीँ मत परिणामसमेत घोषणा गर्नेगरी तयारी भइरहेको छ ।”

सुदूरपश्चिम प्रदेशसहित देशभर रिक्त रहेका पालिका तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र वडाध्यक्षको मङ्सिरमा उपनिर्वाचन हुन लागेको हो । स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकेर उपनिर्वाचनद्धारा रिक्त पदको पूर्ति गर्नुपर्ने व्यवस्था छ ।

यसैबीच रिक्त रहेको कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसले केशवराज पन्तलाई प्रत्यासी बनाउने भएको छ । कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले धनगढी उपमहानगरपालिका–२ को वडासदस्य पदमा निर्वाचित पन्तलाई कैलाली जिल्ला समितिको संयोजक पदमा प्रदेश संसदीय समितिले प्रत्यासी बनाउने निर्णय गरेको जानकारी दिए। 

यस्तै स्वामीकात्तिकखापर गाउँपालिका उपाध्यक्षमा कुन्तिसरा शाहीलाई प्रत्यासी बनाउने निर्णय सो पार्टीले गरेको छ । रिक्त भीमदत्त–६को वडाध्यक्षमा प्रकाशबहादुर चन्द र डोटीको पूर्वीचौकी–६मा मोहन थापालाई प्रत्यासी बनाउने निर्णय पार्टीले गरिसकेको अन्य ठाउँको उपनिर्वाचनका प्रत्यासीको निर्णय हुन बाँकी रहेको रावतले जानकारी दिए। 

भीमदत्त–६ मा नेकपा (एमाले)ले बहादुर चन्दलाई अध्यक्षको प्रत्यासी बनाउन लागेको छ । नेकपा (एमाले) प्रदेश कमिटी सचिव रणबहादुर चन्दले गापा उपाध्यक्ष, जिल्ला समन्वय समिति संयोजक पदमा कसलाई प्रत्यासी बनाउने भन्नेबारेमा प्रदेश कमिटीले आज निर्णय गर्न लागेको बताए। अन्य दलले पनि उपनिर्वाचनमा उठाउने प्रत्यासीका बारेमा निर्णय गर्न बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १२ : ५७ बजे

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना

रोनाल्डोको नियति: १६ वर्षअघिकै अवस्थामा स्पेनसँग हार्दै विश्वकपबाट बाहिरिए

काठमाडौँ – फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक