राष्ट्रिय फुटबल खेलाडी अमिषा कार्की सम्मानित | Khabarhub Khabarhub

राष्ट्रिय फुटबल खेलाडी अमिषा कार्की सम्मानित


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई एसएस फाउन्डेसनले नगदसहित सम्मान गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

सम्मानपछि कार्कीले आगामी दिनमा आफ्नो खेललाई सुधार गर्नका लागि सम्मानले थप हौसला प्राप्त भएको बताइन् । उनले दुई वर्षपछि हुने साफ महिला च्याम्पियनसिपको ट्रफी नेपालले जित्ने गरी तयारी गर्ने उल्लेख गरिन् ।

कार्कीले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बङ्गलादेशविरुद्ध एक गोल गरेकी थिइन् । यद्यपि सो खेलमा नेपाल २–१ गोलले पराजित हुँदै साफको उपाधि जित्न भने असफल भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १ : ५२ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग