राष्ट्रिय फुटबल खेलाडी अमिषा कार्की सम्मानित « Khabarhub

राष्ट्रिय फुटबल खेलाडी अमिषा कार्की सम्मानित


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई एसएस फाउन्डेसनले नगदसहित सम्मान गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

सम्मानपछि कार्कीले आगामी दिनमा आफ्नो खेललाई सुधार गर्नका लागि सम्मानले थप हौसला प्राप्त भएको बताइन् । उनले दुई वर्षपछि हुने साफ महिला च्याम्पियनसिपको ट्रफी नेपालले जित्ने गरी तयारी गर्ने उल्लेख गरिन् ।

कार्कीले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बङ्गलादेशविरुद्ध एक गोल गरेकी थिइन् । यद्यपि सो खेलमा नेपाल २–१ गोलले पराजित हुँदै साफको उपाधि जित्न भने असफल भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १ : ५२ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने