आज २०८१ साल मंसिर १६ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर १६ गते आइतबारको राशिफल


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर १६ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर १ तारिख। औंसी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। गोपनीयता भंग गर्दा आफूलाई घाटा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ।

वृष : तपाईंका साथीभाइको साथ मिल्नेछ। विपक्षी शान्त भएकाले सोचेको काम बन्नेछ। स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन्। परिवारसँग गोपनीयता खोल्ने बानीले धोका हुने जोखिम छ।

मिथुन : साना कुराले ठुलो झन्झट आइपर्ने जोखिम छ। विपक्षीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ। साथीहरु विपक्षीको कित्तामा गएकाले जोगिएर काम गर्नुपर्ने समय छ। विशेष काममा परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले सोचेको राम्रो काम बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारको सल्लाह र सुझावमा गरेको काम सफल बन्नेछ।

सिंह : दिन राम्रो छ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी हुनसक्छ। प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। दाजुभाइसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। पेट सम्बन्धी समस्या हुने जोखिम छ। खाइरहेको औषधीमा नियमितता गर्नु आवश्यक देखिन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

तुला : तृतीय भावमा चन्द्रमा पुगेकाले दाजुभाइको सल्लाहमा काम गर्नु राम्रो हुनेछ। बुध धनस्थानमा भएकाले अनुत्पादक क्षेत्रमा धन खर्च हुने जोखिम छ। शिक्षको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ।

वृश्चिक : धनस्थानमा चन्द्रमा पुगेका छन्। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। खानपिनमा ख्याल नगर्नाले रोगले सताउने जोखिम छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। परिवारले राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : तपाईंको राशिमा चन्द्रमाको पूर्ण छाया भएकाले उद्योगमा फाइदा हुनेछ। साथीभाइको साथले व्यापारमा नाफा कमाउने दिन छ। खर्च कटौती गरेर अगाडि बढेमा दिन सहज बन्नेछ। संयुक्त लगानीबाट नाफा हुनेछ।

मकर : दिन राम्रो छ। अन्त्य साढेसाती दशा चले पनि शुभग्रहको बहुमत छ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो अवसर प्राप्त हुनेछ। वैवाहिक सम्बन्धको तयारीमा भए असल पात्र फेला पर्नेछन्। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

कुम्भ : भाग्यस्थानमा चन्द्रमा पुगेकाले तपाईंलाई लाभ हुनेछ। बलवान शनिदेव भएकाले दिन सहज बन्नेछ। बिहान उठेर शिवको भजन सुनेमा मन शान्त हुनेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सहज छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। दैनिक कामलाई लामो समयसम्म सोचेर अगाडि बढाउनु राम्रो हुनेछ। तपाईंको मेहनतमा अरुले फाइदा उठाउने जोखिम छ। परिवारको सल्लाहमा अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ०९ बजे

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय