केन घाइते भएको खेलमा हारबाट जोगियो वारयन म्युनिख « Khabarhub

केन घाइते भएको खेलमा हारबाट जोगियो वारयन म्युनिख


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान हेरी केन घाइते भएको खेलमा वायरन म्युनिख मुस्किलले हारबाट बचेको छ। शनिबार राति भएको जर्मन बुन्डेसलिगाको खेलमा वायरन म्युनिख र बोरुसिया डर्टमन्ड बिच १–१ गोलको बराबरी भएको हो।

पहिलो हाफमा जेमी गिटेनले एकल प्रयासमा गरेका गोलमा भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा रहेको म्युनिख पराजित हुने सम्भावना देखिएको थियो।

खेल सकिन ५ मिनेट बाँकी रहँदा मुसियला जमालले बराबरी गोल गर्दै सो सम्भावना टारेका थिए। २७ औँमिनेटमा गिटेनले गोल गरेका थिए भने त्यसको ६ मिनेट पछि नै चोट बोकेर केन मैदान छाड्न बाध्य भएका थिए।

वैकल्पिक खेलाडी मिखाइल ओलिसेको क्रसमा मुसियलाले हेड गोल गर्दै वायरनको संकट टारेका थिए।

शनिबारको अर्को खेलमा वेरडर ब्रेमन र स्टुगार्ट बिच २–२ गोलको बराबरी भयो। वायर लिभरकुसेनले युनियन बर्लिनलाई २–१ ले हरायो भने उल्भसबर्गले आरबी लेपिजलाई ५–१ ले हरायो। फ्रेइबर्गले बोरुसिया मोनचेनग्लेड ब्याचलाई ३-१ ले हरायो। अर्को खेलमा अग्सबर्गले बोकुम माथिको खेलमा १–० ले सफलता पायो।

तालिकामा म्युनिख १२ खेलमा ३० अङ्कसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको इन्रिच फ्रान्कफर्टको ११ खेलमा २३ तथा वायर कुसेनले १२ खेलमा २३ अङ्क छ। लेपिजको २१ तथा डर्टमन्ड र फ्रेइबर्गको २० अङ्क छ। उल्भसबर्ग १८ अङ्क सहित सातौँ तथा स्टुगार्ट १७ अङ्क सहित आठौँ स्थानमा छन्।

मोन्चेनग्लेडब्याचको पनि १७ अङ्क छ। युनियन बर्लिनको १६, ब्रेमनको १६ तथा अग्सबर्गको १५ अङ्क छ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : २९ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले