एफबीआई निर्देशक बर्खास्त गर्दै पटेललाई चयन गर्ने ट्रम्पको घोषणा « Khabarhub

एफबीआई निर्देशक बर्खास्त गर्दै पटेललाई चयन गर्ने ट्रम्पको घोषणा


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पले हालका एफबिआई निर्देशक क्रिस्टोफर रेलाई बर्खास्त गर्दै कास पटेललाई चयन गर्ने घोषणा गरेका छन्।

‘म कास पटेललाई फेडरल ब्युरो अफ इन्भेस्टिगेसनको नयाँ निर्देशकको रूपमा घोषणा गर्दा गर्वको महसुस गरी रहेको छु,’ सामाजिक सञ्जालमा ट्रम्पले उल्लेख गरेका छन्। उनले पटेल होनहार वकिल तथा अनुसन्धानकर्ता भएको ठहर गरेका छन्। ट्रम्पले पटेलले महान्यायाधिवक्ता पाम बियोन्डीसँग मिलेर काम गर्ने घोषणा गरेका छन्।

१० वर्षे कार्यकाल भएको रेको अझ तीन वर्ष बाँकी छ। सो स्थान खाली हुनका लागि उनले राजीनामा गर्नुपर्छ वा बर्खास्त गर्नुपर्छ। सन् २०१७ मा जेम्स कोमीलाई बर्खास्त गरेर ट्रम्पले रेलाई चयन गरेका थिए। सन् २०२१ मा ट्रम्पले राष्ट्रपति कार्यालय छाडनु अगावै यी दुईको बिचमा खटपट सुरु भइसकेको थियो।

सन् २०२२ अगस्टमा उनको रिपोर्टलाई छानबिनको घेरामा राखिएको थियो। भविष्यमा आउन सक्ने धेरै कानुनी व्यवधानको सामना गर्नका लागि नै अहिले कानुनको ज्ञाता पटेललाई चयन गरिएको अनुमान गरिएको छ। ट्रम्पसँग लचिलो रहने कानुन व्यवसायी पटेल पनि विवादरहित व्यक्ति भने मानिँदैनन्।

सन् २०१९ मा उनी ट्रम्पसँग मिलेर राष्ट्रिय सुरक्षा परिषदमा कम गरेका थिए। चिफ अफ स्टाफ समेत भएका उनी ट्रम्प कार्यकालको अन्त्यमा काम चलाऊ रक्षामन्त्री भएका थिए।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ३४ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने