एफबीआई निर्देशक बर्खास्त गर्दै पटेललाई चयन गर्ने ट्रम्पको घोषणा « Khabarhub

एफबीआई निर्देशक बर्खास्त गर्दै पटेललाई चयन गर्ने ट्रम्पको घोषणा


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पले हालका एफबिआई निर्देशक क्रिस्टोफर रेलाई बर्खास्त गर्दै कास पटेललाई चयन गर्ने घोषणा गरेका छन्।

‘म कास पटेललाई फेडरल ब्युरो अफ इन्भेस्टिगेसनको नयाँ निर्देशकको रूपमा घोषणा गर्दा गर्वको महसुस गरी रहेको छु,’ सामाजिक सञ्जालमा ट्रम्पले उल्लेख गरेका छन्। उनले पटेल होनहार वकिल तथा अनुसन्धानकर्ता भएको ठहर गरेका छन्। ट्रम्पले पटेलले महान्यायाधिवक्ता पाम बियोन्डीसँग मिलेर काम गर्ने घोषणा गरेका छन्।

१० वर्षे कार्यकाल भएको रेको अझ तीन वर्ष बाँकी छ। सो स्थान खाली हुनका लागि उनले राजीनामा गर्नुपर्छ वा बर्खास्त गर्नुपर्छ। सन् २०१७ मा जेम्स कोमीलाई बर्खास्त गरेर ट्रम्पले रेलाई चयन गरेका थिए। सन् २०२१ मा ट्रम्पले राष्ट्रपति कार्यालय छाडनु अगावै यी दुईको बिचमा खटपट सुरु भइसकेको थियो।

सन् २०२२ अगस्टमा उनको रिपोर्टलाई छानबिनको घेरामा राखिएको थियो। भविष्यमा आउन सक्ने धेरै कानुनी व्यवधानको सामना गर्नका लागि नै अहिले कानुनको ज्ञाता पटेललाई चयन गरिएको अनुमान गरिएको छ। ट्रम्पसँग लचिलो रहने कानुन व्यवसायी पटेल पनि विवादरहित व्यक्ति भने मानिँदैनन्।

सन् २०१९ मा उनी ट्रम्पसँग मिलेर राष्ट्रिय सुरक्षा परिषदमा कम गरेका थिए। चिफ अफ स्टाफ समेत भएका उनी ट्रम्प कार्यकालको अन्त्यमा काम चलाऊ रक्षामन्त्री भएका थिए।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ३४ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने