विर्तामोडका ६ वटा सडक धमाधम स्तरोन्नति हुँदै « Khabarhub

विर्तामोडका ६ वटा सडक धमाधम स्तरोन्नति हुँदै


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

झापा– विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत ६ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ । यस्तै, सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

उक्त रकममध्ये ६ करोड ३१ लाख ३२ हजार ६०२ को लागतमा ६ वटा सडक कालोपत्र थालिएको छ । बाँकी रकम बाँकी रकम वडा नम्बर ६ को हरियाली सामुदायिक वनमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण जारी छ । उक्त भवनको ९० प्रतिशत निर्माण पूरा भएको छ ।

नगरप्रमुख पवित्रा महतराका अनुसार वडा नम्बर १,२,३,६ र ८ का केही सडक कालोपत्र भइरहेका छन् भने केहीको स्तरन्नति एवं कालोपत्रका निम्ति पूर्वतयारीका काम जारी छन् ।

वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ । सो सडकमा विद्युतका खम्बा व्यवस्थापन भइरहेको छ ।

वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै विराटपोखर विद्यालयसम्मको सडक र वडा नम्बर ८ को गरामनी–कटहरडाँगी–हल्दीबारी सडकमा कालोपत्र गर्न थालिएको छ ।

हालसम्म पूर्वपश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी बिर्ताबजार सडकको एक हजार २४० मिटर खण्डको काम पूरा भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ३७ बजे

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन

काठमाडौं–  नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा

रास्वपामा सम्मानजनक ठाउँ नपाए उज्यालो आफ्नै ढङ्गले अगाडि बढ्छ : डकेन्द्र थेगिम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल

कांग्रेसको दोस्रो विशेष महाधिवेशनअघि काठमाडौंमा जुलुसका लागि तोकियो ६ रुट

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले उद्घाटन सत्रअघि काठमाडौंमा

इन्टरनेट बन्द भएपनि इरानमा उग्र प्रदर्शन जारी

दुबई- इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा

दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला

कटारी– उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका