कीर्तिपुर नगरपालिकामा मतदान शान्तिपूर्ण | Khabarhub Khabarhub

कीर्तिपुर नगरपालिकामा मतदान शान्तिपूर्ण


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– काठमाडौंको कीर्तिपुर नगरपालिकाकाको प्रमुख र दुई वडाको वडाध्यक्षका लागि शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि मतदान भइरहेको छ ।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र र विभिन्न दलका गरी जम्मा २० उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । त्यसमध्ये नौ उम्मेदवार विभिन्न राजनीतिक दल, एक यौनिक अल्पसङ्ख्यक तथा ११ स्वतन्त्र उम्मेदवार छन् ।

कीर्तिपुर–१ को वडाध्यक्षमा सात पुरुष र एक महिलासहित आठ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । वडाध्यक्ष पदमा पाँच राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसैगरी वडा नम्बर ४ को वडाध्यक्षका लागि एक यौनिक अल्पसङ्ख्यक समुदाय, दुई महिला र नौ पुरुष उम्मेदवार चुनावी मैदानमा छन् । कीर्तिपुर नगरपालिकामा कुल ३१ हजार एक सय १२ मतदाता छन् ।

२०७९ सालमा भएको निर्वाचनमा विजयी नगरप्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जन र वडा नम्बर ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएकाले ती स्थानमा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : ०७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास