‘पुष्पा २ द रुल’ १२ हजार स्क्रिनमा रिलिज हुँदै, ओपनिङ २ सय करोड हुन सक्ने « Khabarhub

‘पुष्पा २ द रुल’ १२ हजार स्क्रिनमा रिलिज हुँदै, ओपनिङ २ सय करोड हुन सक्ने


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- डिसेम्बर ५ बाट हलमा रिलिज हुन लागेको ‘पुष्पा २ द रुल’ रिलिज हुन चार दिन बाँकी छ ।

फिल्मले प्री थिएटरमा रिलिजसँगै एक हजार करोड कमाएको खबर छ । जहाँ पहिलो दिनको ओपनिङ १०० देखि २०० करोड भारु अनुमान गरिएको छ ।

तर अब रिलिज हुनुअघि ओटीटी रिलिजको अपडेट पनि आएको छ । जसका कारण कुन भाषाको ओटीटी प्लेटफर्ममा फिल्म हेर्न सकिने जानकारी दिइएको छ ।

स्ट्रिमिङ अपडेट्सको एक्स पेजमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘पुष्पा २ द रुल’ डिजिटल अधिकार नेटफ्लिक्सले थियटर रिलिजपछि अधिग्रहण गरेको छ, तेलुगु, तमिल, कन्नड, मलयालम र हिन्दीमा। यो जानकारीपछि फ्यानले कति दिनपछि आउने हो भनेर सोधिरहेका छन् । यसबारेमा जानकारी अझै दिइएको छैन ।

‘पुष्पा २’ का निर्माताहरूले मुम्बईमा एक विशेष कार्यक्रमको आयोजना गरेका थिए, जसमा अल्लु अर्जुन र रश्मिका मन्डन्नाको पछिल्लो रिलिजसँग सम्बन्धित खुलासा गरिएको थियो । पुष्प २ विश्वव्यापी १० हजार स्क्रिनमा नभई १२ हजार स्क्रिनमा रिलिज हुन लागेको त्यहाँ बताइएको थियो ।

एकसाथ १२ हजार स्क्रिनमा रिलिज हुन लागेको ‘पुष्पा २’ यस वर्षकै सबैभन्दा ठूलो फिल्म बन्ने अपेक्षा गरिएको छ ।

उल्लेखनीय छ, फिल्मको अग्रिम बुकिङ नोभेम्बर ३० बाट सुरु भएको थियो । पहिलो दिनको कलेक्शन कस्तो होला ? अहिले फ्यानहरूको नजर यसमा परिरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १२ : ४० बजे

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा