‘पुष्पा २ द रुल’ १२ हजार स्क्रिनमा रिलिज हुँदै, ओपनिङ २ सय करोड हुन सक्ने « Khabarhub

‘पुष्पा २ द रुल’ १२ हजार स्क्रिनमा रिलिज हुँदै, ओपनिङ २ सय करोड हुन सक्ने


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- डिसेम्बर ५ बाट हलमा रिलिज हुन लागेको ‘पुष्पा २ द रुल’ रिलिज हुन चार दिन बाँकी छ ।

फिल्मले प्री थिएटरमा रिलिजसँगै एक हजार करोड कमाएको खबर छ । जहाँ पहिलो दिनको ओपनिङ १०० देखि २०० करोड भारु अनुमान गरिएको छ ।

तर अब रिलिज हुनुअघि ओटीटी रिलिजको अपडेट पनि आएको छ । जसका कारण कुन भाषाको ओटीटी प्लेटफर्ममा फिल्म हेर्न सकिने जानकारी दिइएको छ ।

स्ट्रिमिङ अपडेट्सको एक्स पेजमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘पुष्पा २ द रुल’ डिजिटल अधिकार नेटफ्लिक्सले थियटर रिलिजपछि अधिग्रहण गरेको छ, तेलुगु, तमिल, कन्नड, मलयालम र हिन्दीमा। यो जानकारीपछि फ्यानले कति दिनपछि आउने हो भनेर सोधिरहेका छन् । यसबारेमा जानकारी अझै दिइएको छैन ।

‘पुष्पा २’ का निर्माताहरूले मुम्बईमा एक विशेष कार्यक्रमको आयोजना गरेका थिए, जसमा अल्लु अर्जुन र रश्मिका मन्डन्नाको पछिल्लो रिलिजसँग सम्बन्धित खुलासा गरिएको थियो । पुष्प २ विश्वव्यापी १० हजार स्क्रिनमा नभई १२ हजार स्क्रिनमा रिलिज हुन लागेको त्यहाँ बताइएको थियो ।

एकसाथ १२ हजार स्क्रिनमा रिलिज हुन लागेको ‘पुष्पा २’ यस वर्षकै सबैभन्दा ठूलो फिल्म बन्ने अपेक्षा गरिएको छ ।

उल्लेखनीय छ, फिल्मको अग्रिम बुकिङ नोभेम्बर ३० बाट सुरु भएको थियो । पहिलो दिनको कलेक्शन कस्तो होला ? अहिले फ्यानहरूको नजर यसमा परिरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १२ : ४० बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२