भारतको तेलङ्गनामा प्रहरीसँग भिडन्त हुँदा मारिए सात माओवादी « Khabarhub

भारतको तेलङ्गनामा प्रहरीसँग भिडन्त हुँदा मारिए सात माओवादी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको तेलङ्गना राज्यमा भएको भिडन्तमा सातजना माओवादी मारिएका छन् ।

तेलङ्गानाको मुलुगु जिल्लामा सुरक्षाबल र नक्सलबीच मुठभेड हुँदा सातजना माओवादी लडाकु मारिएका हुन् ।

यो मुठभेड माओवादीले जासुसी आरोपमा दुईजना आदिवासीहरूको हत्या गरेको एक सातापछि भएको हो ।

सुरक्षाबलहरूले ठूलो परिमाणमा हतियार बरामद गरेको जनाएका छन् । पुलिसले घटनास्थलबाट एक-४७ र इन्सास राइफल बरामद गरेको छ ।

पुलिसका अनुसार एतुरनगरमको वन क्षेत्रमा सर्च अप्रेशनका क्रममा तेलङ्गाना पुलिसको विशिष्ट नक्सल प्रतिरोधी बल ‘ग्रेहाउन्ड्स’ र माओवादीबीच भिडन्त भएको हो ।

पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार मुठभेडस्थलबाट दुईवटा एके ४७ राइफल पनि बरामद भएका छन् ।

अधिकारीकाअनुसार मारिनेहरूमा प्रतिबन्धित भाकपा (माओवादी) को तेलङ्गाना राज्य समिति (येलन्डु नरसामपेट) का सचिव कुरसाम मङ्गू उर्फ ​​भद्रू पनि सामेल छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १२ : ५० बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार