ओलम्पिक कमिटीका खेल संस्थाले बुझाए सभापति देउवालाई ज्ञापनपत्र « Khabarhub

ओलम्पिक कमिटीका खेल संस्थाले बुझाए सभापति देउवालाई ज्ञापनपत्र


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पिक कमिटीमाआबद्ध खेल संघहरुको संस्था कन्फेडेरेसन अफ नेस्नल स्पोर्ट एसोसिएसन्ले विभिन्न मागसहित पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

बुढानिलकण्ठस्थित देउवा निवासमा आज खेल संघहरुका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरूले उक्त ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूको मनोनयन गरिनुपर्ने, कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औँ राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरू सँगको छलफल र परामर्शमा यथाशीघ्र घोषणा गरिनुपर्ने, खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामाग्रीहरूको गुणस्तरको परीक्षण, खेलाडीहरूको खानपिन र आवासको उचित व्यवस्था, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल सङ्घहरूको छलफल र सुझावसहित अघि बढाइनु पर्ने माग गर्दै उक्त ज्ञापन पत्र बुझाएका छन् ।

सभापति देउवाले उक्त मागहरूलाई सकारात्मक रूपमा लिनु भई सम्बन्धित निकायमा आवश्यक निर्देशन दिने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  २ : ३४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्