काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादको मुद्दा आइतबार पनि स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो । यससँगै एमालेविरुद्धको यो मुदा पाँचौँ पटक स्थगित भएको छ।
भाटभटेनीका मालिक मीनबहादुरले दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।
गत मङ्सिर १० गते पनि यो विवाद न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएर हेर्न नभ्याइने भएको थियो ।
यसअघि मंसिर २, मंसिर ४, मंसिर ७ र मंसिर १० गते हेर्न नभ्याउने हुँदै स्थगित हुदै आएको थियो । योसहित स्थगित भएको पाँचौ पटक हो ।
प्रतिक्रिया