क्यान महासंघ रसुवा शाखाको तेस्रो अधिवेशनबाट अध्यक्षमा जोशी निर्वाचित « Khabarhub

क्यान महासंघ रसुवा शाखाको तेस्रो अधिवेशनबाट अध्यक्षमा जोशी निर्वाचित


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यान महासंघ जिल्ला शाखा रसुवाको तेस्रो अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा सुविन्द्र जोशी र सचिवमा सन्जीव तामाङ सर्वसम्मत निर्वाचित भएका छन्।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ  रसुवाको वार्षिक साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि क्यान माहसंघका  केन्द्रीय महासचिव चिरञ्जीवी अधिकारीको उपस्थितिमा सम्पन्न साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो ।

क्यान महासंघका महासचिव चिरञ्जिबी अधिकारीले क्यान रसुवाको अध्यक्ष सुबिन्द्र जोशीलाई एक गतिशील नेतृत्वकर्ता रहेको भन्दै स्थानीय स्तरको आईसीटी विकास, डिजिटल साक्षरता र युवा केन्द्रित कार्यक्रम तथा गतिविधिहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

महासचिव अधिकारी नेपाल चेम्बर अफ कमर्सका साइबर सुरक्षा सल्लाहकार,नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका आईसीटी विशेषज्ञ सदस्य र नेपाल कपीराइट कार्यालयका आईसीटी विशेषज्ञ पनि छन् ।

क्यान महासंघ रसुवा शाखाका अध्यक्ष सुबिन्द्र जोशीले भने, ‘हामी डिजिटल रसुवामा ध्यान केन्द्रित गर्दै छौं र प्रदेशस्तरीय र केन्द्रीय क्यानसँग समन्वय गरेर विभिन्न आईसीटी कार्यक्रमहरू संचालन गर्दैछौं।’

क्यान रसुवाको नयाँ नेतृत्वको उपाध्यक्षमा दावा मेन्दो तामाङ,सचिवमा सन्जीव तामाङ,सह–सचिवमा गणेश सापकोटा, कोषाध्यक्षमा हरिष अवस्थी र सदस्यमा सौगात अधिकारी निर्वाचित छन् ।

क्यान रसुवाको वार्षिक साधारणसभा तथा अधिवेशनको विशिष्ट अतिथि केन्द्रीय सचिव तथा प्रतिनिधि शेखरनाथ दुलाल, क्यान महासंघ दोलखा शाखाका निवर्तमान अध्यक्ष सुदिप घिमिरे, क्यान महासंघ नुवाकोट शाखाका निवर्तमान अध्यक्ष पवन नेपाल, क्यान महासंघ नुवाकोट शाखाका नवनिर्वाचित अध्यक्ष नारायण कुमार घले तथा बर्तमान कार्यसमितीको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ४ : २६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्