१४ करोड लागतमा बन्ने भयो लम्कीचुहा नगर अस्पतालको नयाँ भवन « Khabarhub

१४ करोड लागतमा बन्ने भयो लम्कीचुहा नगर अस्पतालको नयाँ भवन


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लम्की– यहाँस्थित लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ । आज लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले नयाँ भवनको शिलान्यास गरिन् ।

बिरामीको चापलाई मध्यनजर गर्दै नगर अस्पतालको स्तरोन्नति गरी २५ शय्याको अस्पताल सञ्चालन गर्ने उद्देश्यले नयाँ भवन निर्माण गर्न लागिएको उनले बताइन् । नयाँ भवन निर्माण भएपछि बिरामीलाई सेवा दिन सहज हुने उनको भनाइ छ ।

हाल लम्कीचुहा नगरपालिकामा दैनिक तीनदेखि चार सय बिरामीले सेवा लिइरहेका छन् । सेवाग्राहीलाई सेवा दिन पर्याप्त भवनको अभाव भएकाले नयाँ भवन निर्माण हुन लागेको अस्पतालका व्यवस्थापन प्रमुख जयन्द्र जैशीले बताए । लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको भवन अढाई तलाको हुनेछ ।

पहिलो चरणमा एक तलाको काम चालु आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य छ । हाल १५ शय्याको अस्पताल भवन निर्माणसँगै २५ शय्यामा स्तरोन्नति गरिने जैशीले बताए।

उनले भने, ‘नगरपालिकाको वडा नं १० मा ५० शय्याको प्रादेशिक अस्पताल निर्माण भइरहेको छ । भल्कामा नगर अस्पतालको स्तरोन्नतिको काम भइरहेको छ ।’

लम्कीचुहा नगर अस्पतालले हाल २४सै घण्टा आकस्मिकलगायत प्रयोगशाला सेवा दिइरहेको छ । चुहाको प्रादेशिक अस्पताल सञ्चालन भएमा विशेषज्ञसहितको सेवा सञ्चालन गर्न सहज हुने र एकीकृत रूपमा अस्पताल सञ्चालन गरिने व्यवस्थापन प्रमुख जैशी बताउँछन् ।

भवन निर्माणको जिम्मा मालिकामण्टा बेतालमाडौँ कन्स्ट्रक्सन लम्कीचुहा–६ गुलराले पाएको छ । भवन दुई करोड २७ लाख २१ हजार रुपैयाँमा निर्माण हुन लागेको हो ।

बहुवर्षीय ठेक्कामा निर्माण हुन लागेको भवनको लागत १४ करोड रुपैयाँ अनुमान गरिएको अस्पतालका सञ्चालक सदस्य खडानन्द सापकोटाले जानकारी दिए  ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ४ : ५९ बजे

क्रिप्टोबाट ट्रम्पको अर्बौँ डलर कमाइ, स्वार्थको द्वन्द्वबारे विवाद

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना

‘स्टारडम’ले मेकरको रोजाइमा परेको दशकपछि बल्ल हिट लिस्टमा अनमोल

काठमाडौं – ‘महँगो हिरो’ बनेर फिल्म क्षेत्रमा चहलपहल पाइसकेपछि ठक्कर

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक