कीर्तिपुरमा ६७ प्रतिशत मतदान « Khabarhub

कीर्तिपुरमा ६७ प्रतिशत मतदान


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकामा भएको मेयर र २ वटा वडाअध्यक्षको उपनिर्वाचनका क्रममा ६७ प्रतिशत मतदान भएको छ ।

नगरप्रमुखका लागि भएको मतदानमा २० हजार मत खसेको आयोगको प्रारम्भिक अनुमान छ ।

आयोगले अनुसार ६७ प्रतिशत मत खसेको अनुमान गरिएको जनाएको छ । आयोगका एक कर्मचारीले भने, ‘यो प्रारम्भिक विवरण हो । अहिले मतपेटिका शिल हुँदैछ पूर्णविवरण आउन बाँकी छ ।’

यहाँ जम्मा ३१ हजार १ सय २२ थिए । कीर्तिपुरमा ११ जना स्वतन्त्र उम्मेदवार र ८ जना दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

यहाँको वडा नम्बर १ र ४ मा वडाध्यक्षको उपनिर्वाचन भएको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ मा कीर्तिपुरको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ९ हजार ४३ मतसहित विजयी भएका थिए ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार केशरत्‍न बज्राचार्यलाई ३,५३६ मतान्तरले पराजित गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ५५ बजे

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको