सकियो उपनिर्वाचन : मतगणनास्थलतिर मतपेटिका (तस्बिरहरू) « Khabarhub

सकियो उपनिर्वाचन : मतगणनास्थलतिर मतपेटिका (तस्बिरहरू)


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  स्थानीय तहको उपनिर्वाचन सकिएको छ । मतदान सकिएसँगै मतपेटिकाहरू मतगणनास्थलतिर ओसारिएको छ।

स्थानीय तहको उपनिर्वाचनको मतगणना सकिएसँगै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर लैजान थालिएको हो । आइतबार मतदान भएकामध्ये अधिकांश ठाउँमा आजबाटै गणना थालिँदै छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर तथा वडा नम्बर ४ र वडा नम्बर १ को अध्यक्षका लागि मतदान भइसकेको छ।

कीर्तिपुरको उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । यद्यपि यहाँ वैकल्पिक शक्ति भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी परेको छैन ।

त्यस्तै काठमाडौंको वडा नम्बर १६ मा पनि वडा अध्यक्ष पदका लागि मतदान भइसकेको छ ।

आइतबार देशका ४१ जनप्रतिनिधिका लागि मतदान भएको छ। एक नगर प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडा अध्यक्ष र ४१ पदका लागि उपनिर्वाचन भइसकेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : ११ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्