सकियो उपनिर्वाचन : मतगणनास्थलतिर मतपेटिका (तस्बिरहरू) « Khabarhub

सकियो उपनिर्वाचन : मतगणनास्थलतिर मतपेटिका (तस्बिरहरू)


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  स्थानीय तहको उपनिर्वाचन सकिएको छ । मतदान सकिएसँगै मतपेटिकाहरू मतगणनास्थलतिर ओसारिएको छ।

स्थानीय तहको उपनिर्वाचनको मतगणना सकिएसँगै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर लैजान थालिएको हो । आइतबार मतदान भएकामध्ये अधिकांश ठाउँमा आजबाटै गणना थालिँदै छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर तथा वडा नम्बर ४ र वडा नम्बर १ को अध्यक्षका लागि मतदान भइसकेको छ।

कीर्तिपुरको उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । यद्यपि यहाँ वैकल्पिक शक्ति भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी परेको छैन ।

त्यस्तै काठमाडौंको वडा नम्बर १६ मा पनि वडा अध्यक्ष पदका लागि मतदान भइसकेको छ ।

आइतबार देशका ४१ जनप्रतिनिधिका लागि मतदान भएको छ। एक नगर प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडा अध्यक्ष र ४१ पदका लागि उपनिर्वाचन भइसकेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : ११ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक