पर्यटनमन्त्रीको निर्णय : १२ करोड बढीको छपाइ प्रज्ञा छापाखानाबाटै गर्ने | Khabarhub Khabarhub

पर्यटनमन्त्रीको निर्णय : १२ करोड बढीको छपाइ प्रज्ञा छापाखानाबाटै गर्ने


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय  अन्तर्गतका सबै निकायका छपाई अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ ।

आइतबार मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले  मन्त्रालय अन्तर्गतका निकायहरू र  यस मन्त्रालय सम्बद्ध निकायहरूबाट गरिने छपाई सम्बन्धी कार्यहरू नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाको अधिकतम क्षमताले भ्याएसम्म सोही छापाखानाबाट मात्र छपाई गर्ने निर्णय गरेको हो

बैठकले प्रज्ञा छापाखानाको क्षमता अनुरूप गर्न सकिने छपाइका कार्यहरूको विवरण सहितको जानकारी र प्रतिष्ठानको छपाई सम्बन्धी कार्यविधि उल्लेखित सबै निकायहरूलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको छ ।

मन्त्रालयको यो निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशत मात्र सञ्चालित छापाखाना पूर्ण क्षमतामा  सञ्चालनमा आउने छ ।

यो निर्णयपछि वार्षिक रूपमा १२ करोड रुपियाँ बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुने छ भने राज्यको तीनदेखि चार करोड जोगिने बताइएको छ ।

 

केही समय पहिले संस्कृति मन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानको भ्रमणका क्रममा त्यहाँको छापाखानालाई कसरी पूर्ण रूपमा सञ्चालनमा ल्याई प्रतिष्ठानको आय बढाउन सकिन्छ भन्ने विषयमा प्राज्ञहरूसँग छलफल गरेका थिए।

सो भ्रमणका बेला उनले आफूले छापाखानालाई पूर्ण रूपमा सञ्चालनमा ल्याई प्रतिष्ठानको आय वृद्धि तथा राज्यको खर्च बचत गर्ने योजना अघि ल्याउने वचनबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : २५ बजे

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२

शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको चौथो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइजअन्तर्गतको

प्रतिकूल मौसमले देशभरको हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ

एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा