एनपीएल क्रिकेट : घरेलु स्टार खेलाडी कुन टोलीबाट खेल्दै ? « Khabarhub

एनपीएल क्रिकेट : घरेलु स्टार खेलाडी कुन टोलीबाट खेल्दै ?


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल)ले अहिले खेलप्रेमी नेपालीको ध्यान तानेको छ ।

लिगमा सहभागी आठ टिमले ४० विदेशी खेलाडी अनुबन्ध गरेका छन् । सबैभन्दा बढी ९ जना इङ्ल्यान्डका खेलाडी छन् ।

एनपीएलमा सहभागी सबैभन्दा ठूलो विदेशी खेलाडीमा नाम ‘शिखर धवन’ हो । उनले भारतीय राष्ट्रिय टिम राष्ट्रिय टिमबाट ३४ टेस्ट, १६७ एक दिवसीय र ६८ टी–ट्वान्टी खेलको अनुभव छ ।

एनपीएल दौरान कीर्तिपुर देखिने उनी विश्वक्रिकेटमा सबैभन्दा चर्चित अनुहार हुन् ।

यी टिममा नेपाली स्टार खेलाडी

काठमाडौं गुर्खाज : काठमाडौं गुर्खाजको मार्की प्लेयर हुन्– करण केसी । करणसहित यो टिममा अर्का स्टार खेलाडी भीम सार्की मात्रै छन् । करण अलराउन्डर र भीम राष्ट्रिय टोलीका ब्याटर हुन् ।

लुम्बिनी लायन्स् : यस टिमको मार्की प्लेयर रोहित कुमार पौडेल हुन् । उनी राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत हुन् ।

यस टिममा अनुबन्ध अर्का खेलाडी सन्दीप जोरा हुन् । उनलाई राष्ट्रिय टोलीका आक्रमक ब्याटरका रुपमा चिनिन्छ ।

सुदूरपश्चिम रोयल्यस् : यस टिमका मार्की प्लेयर हुन् दीपेन्द्रसिंह ऐरी हुन् । उनी नेपाली राष्ट्रिय टिमका भरपर्दा खेलाडी हुन् ।

ऐरी आईसीसी टीट्वान्टी विश्व वरीयतामा दोस्रो स्थानमा पुगेका खेलाडीसमेत हुन् । उनी अहिले पनि सोही वरीयतामा छन् ।

यस टिमका अर्का स्टार प्लेयर आरिफ शेख हुन् । उनी ब्याटर हुन् भने पार्ट टाइम बलिङ पनि गर्छन् ।

यो टिममा अर्को स्टार प्लेयर पनि छन् । उनी हुन्– अभिनाश बोहोरा । उनले सन् १९ मा यूएईविरुद्धको खेलबाट अन्र्राष्ट्रिय टी–ट्वान्टीमा डेब्यू गरेका हुन् ।

पोखरा एभेन्जर्स : यस टिमको मार्की प्लेयर कुशल नेपाली राष्ट्रिय टिमका ओपनर हुन् । आफ्नो ब्याटिङ कैशलले उनले धेरै समर्थकको मन जितेका छन् ।

यस टिमका अर्का स्टार तथा युवा खेलाडी हुन्– सागर ढकाल । यी २२ वर्षीय बलरले सन् २०२२ मा ओमानविरुद्ध मैदानमा उत्रिएर अन्तर्राष्ट्रिय टी–ट्वान्टीमा डेब्यू गरेका थिए ।

एनपीएल ट्रफीसँग कप्तानहरू ।

कर्णाली याक्स : यस टिममा पनि दुई स्टार खेलाडी छन् । ती हुन्– सोमपाल कामी र गुलशन झा । सोमपाल नेपाली टिमबाट दुई टी–ट्वान्टी विश्वकप खेल्ने खेलाडी हुन् । उनी फास्ट बलरसमेत हुन् ।

गुलशन झा नेपाली क्रिकेट टिममा युवा खेलाडी हुन् । उनी मात्रै १८ वर्षका भए । उनी फास्ट बलर हुन् । यस टोलीमा देव खनाल पनि छन् । उनी उमेर समूहमा नेपाली टोलीका कप्तान पनि हुन्।

चितवन राइनोज : यस टिममा मार्की प्लेयर कुशल मल्ल हुन् । उनी आक्रमक ब्याटरका रुपमा परिचित छन् ।

त्यस्तै, यो टिममा अनुबन्ध भएका अर्का स्टार खेलाडी शरद भेशवाकर हुन् । उनी हाल नेपाली राष्ट्रिय टिममा छैनन् । उनी नेपालले पहिलो पटक टी–ट्वान्टी विश्वकप खेल्दाका सदस्य हुन् ।

जनकपुर बोल्ट्स : यो टिम मार्की प्लेयर आफिश शेखसहित अर्का स्टार घरेलु खेलाडी अनिलकुमार शाह छन् ।

आशिफ राष्ट्रिय टोलीका ओपनर हुन् । जनकपुर बोल्ट्सका कप्तानसमेत रहेका अनिल उदयीमान ब्याटर हुन् ।

विराटनगर किङ्ग्स् : सन्दीप लामिछाने यस टिमका मार्की प्लेयर हुन् । उनी इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनी स्पिन बलर हुन् । नेपाली टोलीका सबैभन्दा चर्चित क्रिकेटर पनि उनै हुन् ।

प्रतिश जीसी पनि यो टिममा रहेका अर्का स्टार खेलाडी हुन् । उनी अहिले २० वर्षका भए । उनी पनि उदयीमान ब्याटर हुन् ।

ट्रफीका साथमा एनपीएल टिमका मार्की खेलाडी । तस्बिरः क्यान

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ०० बजे

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस