एनपीएल क्रिकेट : घरेलु स्टार खेलाडी कुन टोलीबाट खेल्दै ? | Khabarhub Khabarhub

एनपीएल क्रिकेट : घरेलु स्टार खेलाडी कुन टोलीबाट खेल्दै ?


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल)ले अहिले खेलप्रेमी नेपालीको ध्यान तानेको छ ।

लिगमा सहभागी आठ टिमले ४० विदेशी खेलाडी अनुबन्ध गरेका छन् । सबैभन्दा बढी ९ जना इङ्ल्यान्डका खेलाडी छन् ।

एनपीएलमा सहभागी सबैभन्दा ठूलो विदेशी खेलाडीमा नाम ‘शिखर धवन’ हो । उनले भारतीय राष्ट्रिय टिम राष्ट्रिय टिमबाट ३४ टेस्ट, १६७ एक दिवसीय र ६८ टी–ट्वान्टी खेलको अनुभव छ ।

एनपीएल दौरान कीर्तिपुर देखिने उनी विश्वक्रिकेटमा सबैभन्दा चर्चित अनुहार हुन् ।

यी टिममा नेपाली स्टार खेलाडी

काठमाडौं गुर्खाज : काठमाडौं गुर्खाजको मार्की प्लेयर हुन्– करण केसी । करणसहित यो टिममा अर्का स्टार खेलाडी भीम सार्की मात्रै छन् । करण अलराउन्डर र भीम राष्ट्रिय टोलीका ब्याटर हुन् ।

लुम्बिनी लायन्स् : यस टिमको मार्की प्लेयर रोहित कुमार पौडेल हुन् । उनी राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत हुन् ।

यस टिममा अनुबन्ध अर्का खेलाडी सन्दीप जोरा हुन् । उनलाई राष्ट्रिय टोलीका आक्रमक ब्याटरका रुपमा चिनिन्छ ।

सुदूरपश्चिम रोयल्यस् : यस टिमका मार्की प्लेयर हुन् दीपेन्द्रसिंह ऐरी हुन् । उनी नेपाली राष्ट्रिय टिमका भरपर्दा खेलाडी हुन् ।

ऐरी आईसीसी टीट्वान्टी विश्व वरीयतामा दोस्रो स्थानमा पुगेका खेलाडीसमेत हुन् । उनी अहिले पनि सोही वरीयतामा छन् ।

यस टिमका अर्का स्टार प्लेयर आरिफ शेख हुन् । उनी ब्याटर हुन् भने पार्ट टाइम बलिङ पनि गर्छन् ।

यो टिममा अर्को स्टार प्लेयर पनि छन् । उनी हुन्– अभिनाश बोहोरा । उनले सन् १९ मा यूएईविरुद्धको खेलबाट अन्र्राष्ट्रिय टी–ट्वान्टीमा डेब्यू गरेका हुन् ।

पोखरा एभेन्जर्स : यस टिमको मार्की प्लेयर कुशल नेपाली राष्ट्रिय टिमका ओपनर हुन् । आफ्नो ब्याटिङ कैशलले उनले धेरै समर्थकको मन जितेका छन् ।

यस टिमका अर्का स्टार तथा युवा खेलाडी हुन्– सागर ढकाल । यी २२ वर्षीय बलरले सन् २०२२ मा ओमानविरुद्ध मैदानमा उत्रिएर अन्तर्राष्ट्रिय टी–ट्वान्टीमा डेब्यू गरेका थिए ।

एनपीएल ट्रफीसँग कप्तानहरू ।

कर्णाली याक्स : यस टिममा पनि दुई स्टार खेलाडी छन् । ती हुन्– सोमपाल कामी र गुलशन झा । सोमपाल नेपाली टिमबाट दुई टी–ट्वान्टी विश्वकप खेल्ने खेलाडी हुन् । उनी फास्ट बलरसमेत हुन् ।

गुलशन झा नेपाली क्रिकेट टिममा युवा खेलाडी हुन् । उनी मात्रै १८ वर्षका भए । उनी फास्ट बलर हुन् । यस टोलीमा देव खनाल पनि छन् । उनी उमेर समूहमा नेपाली टोलीका कप्तान पनि हुन्।

चितवन राइनोज : यस टिममा मार्की प्लेयर कुशल मल्ल हुन् । उनी आक्रमक ब्याटरका रुपमा परिचित छन् ।

त्यस्तै, यो टिममा अनुबन्ध भएका अर्का स्टार खेलाडी शरद भेशवाकर हुन् । उनी हाल नेपाली राष्ट्रिय टिममा छैनन् । उनी नेपालले पहिलो पटक टी–ट्वान्टी विश्वकप खेल्दाका सदस्य हुन् ।

जनकपुर बोल्ट्स : यो टिम मार्की प्लेयर आफिश शेखसहित अर्का स्टार घरेलु खेलाडी अनिलकुमार शाह छन् ।

आशिफ राष्ट्रिय टोलीका ओपनर हुन् । जनकपुर बोल्ट्सका कप्तानसमेत रहेका अनिल उदयीमान ब्याटर हुन् ।

विराटनगर किङ्ग्स् : सन्दीप लामिछाने यस टिमका मार्की प्लेयर हुन् । उनी इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनी स्पिन बलर हुन् । नेपाली टोलीका सबैभन्दा चर्चित क्रिकेटर पनि उनै हुन् ।

प्रतिश जीसी पनि यो टिममा रहेका अर्का स्टार खेलाडी हुन् । उनी अहिले २० वर्षका भए । उनी पनि उदयीमान ब्याटर हुन् ।

ट्रफीका साथमा एनपीएल टिमका मार्की खेलाडी । तस्बिरः क्यान

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ०० बजे

नेशनल लाइफले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ

भोजपुरमा ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम

भोजपुर– पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम

प्रि ओपन सेसन : करिब एक अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब

घुम्टोमा वीरगञ्जको घण्टाघर : छिटो मर्मतसम्भार गर्न माग

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

मुस्ताङ– म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा