प्रदर्शनका क्रममा भएको हिंसाको अनुसन्धान गर्ने पाकिस्तानी पत्रकार पक्राउ « Khabarhub

प्रदर्शनका क्रममा भएको हिंसाको अनुसन्धान गर्ने पाकिस्तानी पत्रकार पक्राउ


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा भएका प्रदर्शनका क्रममा भएको हिंसाको अनुसन्धान गर्ने पाकिस्तानी पत्रकार पक्राउ परेका छन् ।

लोकप्रिय युट्युब च्यानलका साथ टिभी च्यानल नियो न्युजका प्रस्तोता मतिउल्लाह जान र अर्का एक पत्रकारले इस्लामाबादको पीआईएमएस (पिम्स) अस्पतालमा मृतकको सङ्ख्या पुष्टि गर्न खोज्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार उनीहरुलाई आतंकवाद विरोधी कानूनअन्तर्गत पक्राउ गरिएको हो । पूर्वप्रधानमन्त्री इमरान खानको तहरिक ए इन्साफ पार्टीका कार्यकर्ताले व्यापक प्रदर्शन गरेपछि राजधानी इस्लामावादको अवस्था तनावग्रस्त बनेको जनाइएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी दर्जनौँको ज्यान गएको छ । ठाउँठाउँमा भएको हिंसामा परी अरु कैयौँ घाइते भएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १२ : २७ बजे

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी

सरकारले छुट्टै मानसिक स्वास्थ्य नीतिको तयारी थालेको छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारमाथि

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया