काठमाडाैं – खलिस्तानी अतिवादविरुद्ध अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिलिकन भ्यालीमा भारतीय मूलका अमेरिकीले प्रदर्शन गरेका छन् । क्यालिफोर्नियाको बे क्षेत्रमा २ लाखभन्दा धेरै भारतीय मूलका मानिसहरुको बसोबास छ ।
सो क्षेत्रको मेम्फिस टाउन हलमा आयोजित प्रदर्शनमा सयौँ जनाको सहभागिता रहेको खालसाभक्सले जनाएको छ । हालै क्यानाडाको ब्राम्पटनमा रहेको हिन्दू मन्दिरलाई लक्षित गरी खलिस्तानी अतिवादीले तोडफोडको प्रयास गरेका थिए ।
त्यसैगरी, सोही क्षेत्रमा आयोजित दिवाली उत्सवमा सहभागीमाथि पनि खलिस्तानी समर्थकले आक्रमण गरेका थिए । प्रदर्शनमा सहभागीहरुले ‘खलिस्तानी आतंकवाद बन्द गर, क्यानाडाका अल्पसङ्ख्यकको रक्षा गर’ र ‘इस्लामिक आतंकवाद बन्द गर, बंगलादेशी अल्पसङ्ख्यकको रक्षा गर’ जस्ता नारा लगाएका थिए ।
ती आक्रमणको निन्दा गर्दै उत्तर अमेरिकामा बसोबास गर्ने हिन्दू धर्मावलम्बीको सुरक्षामा ध्यान दिन सम्बन्धित सरकारसमक्ष आह्वान गरेका छन् ।
प्रतिक्रिया