राष्ट्रपति पौडेलले राहत कोषमा एक महिनाको तलब दिने

By खबरहब

October 02, 2024

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले केन्द्रीय दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब सुविधा प्रदान गर्ने भएका छन्‌ ।

अविरल वर्षाका कारण यही असोज १० देखि १३ गतेसम्म चलेको बाढीपहिरो पीडितहरूलाई राहत निम्ति राष्ट्रपति पौडेलले कोषमा तलब सुविधा दिन लागेका हुन्‌ ।

राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

पछिल्लो प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाको संख्या २२८ पुगेको छ । गृह मन्त्रालयका अनुसार २५ जना बेपत्ता छन्‌ । १५८ जना घाइते अवस्थामा भेटिएका छन्‌ । प्रभावित क्षेत्रबाट १३ हजार ७१ पीडितलाई उद्धार गरिएको छ ।