इजरायलको आक्रमणबाट गाजामा ३२६ स्वास्थ्यकर्मी मारिए, ३० अस्पताल ध्वस्त « Khabarhub

इजरायलको आक्रमणबाट गाजामा ३२६ स्वास्थ्यकर्मी मारिए, ३० अस्पताल ध्वस्त


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायल–हमास युद्धका कारण गाजामा मारिनेको संख्या झण्डै २२ हजार पुगेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायलको युद्धमा कुल मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुगेको जनाएको छ । यस्तै घाइते हुनेको संख्या ५७ हजार ६९७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै इजरायली आक्रमणमा कम्तीमा १५६ जनाको मृत्यु भएको छ भने २४६ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले पत्रकार सम्मेलनमा इजरायली हमलामा अहिलेसम्म ३ सय २६ स्वास्थ्यकर्मी मारिएको जानकारी दिए ।

गत अक्टोबर ७ मा युद्ध सुरु भए यता इजरायली सेनाले गाजामा १४० एम्बुलेन्स र ३० अस्पतालहरू नष्ट गरेका छन् भने  करिब ९९ स्वास्थ्य कर्मीहरूलाई अमानवीय अवस्थामा गिरफ्तार गरेको बताइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : १५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल