दक्षिण कोरियाका विपक्षी नेता लीमाथि चक्कु प्रहार « Khabarhub

दक्षिण कोरियाका विपक्षी नेता लीमाथि चक्कु प्रहार


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार ली जे–म्युङलाई मङ्गलबार दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा घाँटीमा चक्कु प्रहार भएको थियो ।

जे–म्युङ बुसानको प्रस्तावित विमानस्थलको भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा एक व्यक्तिले उनको घाँटीको देब्रे भागमा हतियार प्रहार गरेका थिए ।

योनहापका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । दक्षिण कोरियाली मिडियाले शेयर गरेको तस्वीरका अनुसार ली जे म्युङ घाइते अवस्थामा भुइँमा लडिरहेको देखिन्छ । उनको वरिपरि भीड थियो, रक्तस्राव रोक्न उनको घाँटीमा रुमाल राखिएको थियो।

दक्षिण कोरियामा यसै वर्षको अप्रिलमा आम निर्वाचन हुँदैछ । २०२२ को निर्वाचनमा जनशक्ति पार्टी विजयी भएको थियो । त्यसपछि ली जे म्युङ पनि राष्ट्रपतिको दौडमा थिए। यसै वर्ष हुन लागेको निर्वाचनमा पनि उनलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : ५९ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र