शैक्षिक उन्नयनका लागि बीस लाखको अक्षयकोष « Khabarhub

शैक्षिक उन्नयनका लागि बीस लाखको अक्षयकोष


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले २० लाखको अक्षयकोष स्थापना गरेका छन् ।

देवचुली–७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा ‘शर्मिला न्यौपाने स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् ।

न्यौपाने दम्पतीले आफ्नी स्वर्गीय छोरी शर्मिला न्यौपानेको स्मृतिमा २० लाख पाँच सय ५५ को अक्षयकोष स्थापना गरी सोमबार विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछाने र प्रधानाध्यापक अग्निधर भुसाललाई न्यौपाने दम्पतीले संयुक्तरूपमा उक्त रकमको चेक प्रदान गरे ।

गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीले बताए ।

आर्थिक अभावमा बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको भन्दै उनीहरूले कोषलाई सहीरूपमा प्रयोग गर्न विद्यालय परिवारलाई आग्रह गरे ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ११ : ५३ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको