पठानको रेकर्ड तोड्दै ‘एनिमल’ बन्यो भारतमा बढी कमाउने दोस्रो फिल्म « Khabarhub

पठानको रेकर्ड तोड्दै ‘एनिमल’ बन्यो भारतमा बढी कमाउने दोस्रो फिल्म


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् २०२३ भारतीय सिनेमा मनोरञ्जनको संसारमा निकै विशेष रह्यो । बलिउडदेखि साउथ इन्डियन सम्मका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेका छन् । कतिपय चलचित्रले कमाईको हिसाबले रेकर्ड समेत बनाएका छन् ।

सन् २०२३ को सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ होस् वा ‘गदर–२’, ‘जवान’, एनिमलसालारजस्ता धेरै फिल्मले धुम मच्चाउन सफल भए ।

शाहरुख खानका लागि भने त विगतको वर्ष निकै नै विशेष रह्यो । उनले तीनवटा फिल्म ल्याए, जसमध्ये दुई ब्लकबस्टर र एउटा हिट भयो। शाहरुख खानका फिल्म ‘पठान’ र ‘जवान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्ममा दरिन पुगे ।

तर २०२३ को अन्त्य, रणवीर कपूरको फिल्म एनिमलले शाहरुख खानको एक फिल्मको रेकर्ड तोड्यो र गत वर्षको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बन्न् पुगेको छ ।

सैनलिंकका अनुसार शाहरुख खानको फिल्म पठानले भारतीय बक्स अफिसमा कुल ५४०.५१ करोडको व्यापार गरेको थियो । जसलाई ३१औँ दिन रणवीर कपुरको एनिमलले तोडेको छ ।

फिल्म एनिमलले ३१औँ दिन बक्स अफिसमा ४ करोड कमाएको छ । यसपछि एनिमलको भारतमा कुल बक्स अफिस कलेक्सन ५४४.९३ करोड पुगेको छ ।

फिल्म एनिमलले बक्स अफिसमा दर्शकको निकै माया पाइरहेको छ । यस फिल्ममा रणवीर कपूर, बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए।

फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् । फिल्ममा बबी देओल र रणवीर कपुरको भूमिकाले निकै चर्चा कमाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ०२ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी