खेलकुद क्षेत्रको विकासमा तीनै तहले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल | Khabarhub Khabarhub

खेलकुद क्षेत्रको विकासमा तीनै तहले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने  बताएका छन् । 

मंगलबार काठमाडौंमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदको माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वासका साथै अन्तरनिहित प्रतिभाको विकास गर्न सक्ने भएकाले यस क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका हुन् । 

खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ बनाउने र सामाजिक परिवेशमा भिज्न योगदान पुराउने उनले बताए । उनले शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको पनि धारणा राखे । शिक्षण सिकाइका रुपमा खेलकुदलाई सबै विद्यालयमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले विद्यार्थीहरूको आत्मबल बलियो बनाउनका लागि पनि विद्यालय खेलकुद महत्वपूर्ण हुने बताएका छन् । उनले आगामी दिनमा प्रतियोगितामा विद्यार्थीहरूको संख्या बढाउदै लैजाने उल्लेख गरे ।

काठमाडौं महानगरद्वारा आयोजित प्रतियोगितामा भलिबल खेलमा ८ सय जना, कवड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना गरी जम्मा ३ हजार २५० छात्रछात्रा खेलाडीले भाग लिनेछन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा ८३ विद्यालयको सहभागिता रहेको छ । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : २१ बजे

५ अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार 

काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ

वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

वीरगञ्ज– वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार

स्वास्थ्य शिविरबाट एक सय ७० जना लाभान्वित

तुलसीपुर– विकट क्षेत्र मानिएको बबई गाउँपालिका–७ मा वडा कार्यालयको सहकार्यमा

मोरङको ग्रामथानमा रास्वपाको उम्मेदवारी, नवीन विश्वास मैदानमा

विराटनगर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो

श्रीलंकामा कम्युनिष्ट सरकार बनेपछि एमाले खुसी, महासचिव पोखरेलले दिए बधाई

काठमाडौं- श्रीलङ्कामा १४ नोभेम्बरमा सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले ठूलो