बालकुमारी घटना : सुजन र वीरेन्द्रको शव परिवारको जिम्मा « Khabarhub

बालकुमारी घटना : सुजन र वीरेन्द्रको शव परिवारको जिम्मा


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवकको शव परिवारले जिम्मा लिएका छन् । 

दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार घर लगिएको प्रहरीले जनाएको छ । अछामका वीरेन्द्र शाहको शव पनि आज नै प्रहरीले  परिवारलाई जिम्मा लगाउने तयारी गरेका छन् । 

उनको शव सुर्खेतमा पुगेको छ । त्यहाँबाट अछाम लाने तयारी गरिएको छ ।

गत शुक्रबार बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका विद्यार्थी र प्रहरीबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो । वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो ।

दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो ।

यो पनि हेर्नुहोस्….

बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने

सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने

बालकुमारी घटनामा मृत्यु भएका दुई जनालाई सरकारले सहिद घोषणा गर्ने

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ४३ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ