बालकुमारी घटना : सुजन र वीरेन्द्रको शव परिवारको जिम्मा « Khabarhub

बालकुमारी घटना : सुजन र वीरेन्द्रको शव परिवारको जिम्मा


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवकको शव परिवारले जिम्मा लिएका छन् । 

दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार घर लगिएको प्रहरीले जनाएको छ । अछामका वीरेन्द्र शाहको शव पनि आज नै प्रहरीले  परिवारलाई जिम्मा लगाउने तयारी गरेका छन् । 

उनको शव सुर्खेतमा पुगेको छ । त्यहाँबाट अछाम लाने तयारी गरिएको छ ।

गत शुक्रबार बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका विद्यार्थी र प्रहरीबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो । वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो ।

दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो ।

यो पनि हेर्नुहोस्….

बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने

सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने

बालकुमारी घटनामा मृत्यु भएका दुई जनालाई सरकारले सहिद घोषणा गर्ने

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ४३ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक