जनकपुरधाममा एकै दिन आए १० हजार बढी पर्यटक « Khabarhub

जनकपुरधाममा एकै दिन आए १० हजार बढी पर्यटक


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

जनकपुर– अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन जनकपुरधाममा १० हजारभन्दा बढी भारतीय पर्यटक भित्रिएका छन् । धनुषा र महोत्तरीका विभिन्न नाकाबाट एकैदिन १० हजार पर्यटक भित्रिएका छन् ।

पर्यटकको आगमन बढेसँगै जनकपुरधामको चहलपहल बढेको छ । भारतको बिहार राज्यबाट जटही नाका भएर सोमबार ५ बजेसम्म ८७६ जिप र कार, मोटरसाइकल र भिठ्ठामोड नाकाबाट ६५६ जिप र कार, मोटरसाइकल जनकपुरधाम भित्रिएको सिमा सुरक्षा बलले जनाएको छ ।

यसबाट जटही र जनकपुरधाम भन्सार कार्यालयले १७ लाख ६ हजार ५ सय २६ राजस्व उठाएको सम्बन्धित कार्यालयका कर्मचारीहरूले जानकारी दिएका छन् ।

भारतको बिहार, दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, पञ्चाब, उत्तर प्रदेश, उत्तराखण्डलगायतबाट पर्यटकहरू आएका छन् । पर्यटकलाई लक्षित गर्दै केही होटलहरूले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।

पर्यटकको संख्या बढेसँगै जनकपुरधाममा सवारीसाधन पार्किङको चाप बढेको छ भने जानकी मन्दिरलगायतका मठ– मन्दिरहरूमा चहलपहल बढेको छ । पर्यटकको आगमनसँगै होटल व्यवसायको चाप २५ प्रतिशतले बढेको व्यवसायीहरूको भनाइ छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : ०५ बजे

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय