राष्ट्रियसभा अध्यक्ष कांग्रेसको भागमा, देउवाको मन सिटौलामाथि « Khabarhub

राष्ट्रियसभा अध्यक्ष कांग्रेसको भागमा, देउवाको मन सिटौलामाथि

कांग्रेसमा को-को निस्किए राष्ट्रियसभाका दाबेदार ?


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फागुन २१ देखि रिक्त हुने राष्ट्रियसभाको अध्यक्ष पद नेपाली कांग्रेसलाई दिन सत्ता गठबन्धनबीच सहमति जुटेको छ ।

माओवादीका एक पदाधिकारीले खबरहबलाई भने, ‘लिखित सहमति भएको छैन । तर मौखिक र आन्तरिक रुपमा ठूलो पार्टी भएकाले कांग्रेसलाई पर्नु स्वाभाविक हो ।’

आगामी फागुन २१ मा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित २० जनाको पदावधि सकिँदैछ । पदावधि सकिनेमा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादीका खिमलाल देवकोटासहित ३ जना सांसद छन् । जसपा एकजना जसपा सांसदको पनि पदावधि सकिँदैछ । 

फागुन २१ मा रिक्त हुने १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । सो निर्वाचनले १९  सांसदलाई छान्नेछ भने एक सांसद मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् ।

माघ ११ को निर्वाचनमा एमालेबाट गुम्ने सम्भावना रहेका ९ सिटमध्ये कांग्रेसले ४ सिट दाबी गरेको छ । योसहित कांग्रेसले कुल ८ वटा सिट पाउनुपर्ने गठबन्धनमा अडान राखेको छ ।

अन्य दलले भने अध्यक्षसहित ७ सिट लिन कांग्रेसलाई भनिरहेका छन् । यसबारे मंगलबार बालुवाटारमा कांग्रेस र माओवादीका नेताबीच लामो छलफल भए पनि निष्कर्ष निस्किएको छैन ।  

सिटौलालालाई अध्यक्ष बनाउने देउवाको चाहना

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसको संस्थापन पक्षले कृष्णप्रसाद सिटौलालाई अगाडि सारेको छ । तर गोपालमान श्रेष्ठ र विमलेन्द्र निधीको नाम पनि चर्चामा छ । तर, सिटौलालाई जिम्मेवारी दिन सभापति देउवाले  इच्छा देखाएका छन ।

राष्ट्रियसभाका लागि चर्चामा आएका कांग्रेसका नामहरूमा दलितबाट मीन विश्वकर्मा, महिलामा बागमतीबाट महालक्ष्मी उपाध्यक्ष डिना, अन्य महिलामा सुजाता कोइराला, पुष्पा भुसाल, धना खतिवडा, अपाङ्गतर्फ बागमतीबाट मदन श्रेष्ठ र सुदूरपश्चिमबाट गोपाल देउवाको नाम चर्चामा छ । 

त्यस्तै, गण्डकीबाट गोपालमान श्रेष्ठको चर्चा छ । यस्तै अन्य नेतामा सबुज बानियाँ, कृष्णकिशोर घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य र पत्रकार महासघंका पूर्वसभापति तारानाथ दाहालको नाम पनि कांग्रेसभित्र चर्चामा छ । 

यसैबीच, बिहीबार सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकमा उपस्थित कांग्रेस नेता प्रेम केसीले भने, ‘प्रदेशबाट अत्यधिक नामहरू आएका छन् । छलफल गरेर अन्तिम रूप लिन समय लाग्छ ।’ 

कांग्रेसमा राष्ट्रियसभाका लागि पुराना नेतादेखि नयाँ नेतासम्मको चर्चा छ । कांग्रेसले सबै प्रदेशबाट प्राथमिकताका क्रममा १–१ जनाको नाम पठाउन भनेको थियो । तर, आंकाक्षी धेरै भएकाले कसलाई प्राथमिकता दिने भन्नमा पनि विवाद भएको कांग्रेस कार्यसम्पादन समितिका एक नेताले खबरहबलाई बताए । 

ती नेताले भने, ‘पुराना भन्दा नयाँ नामहरू धेरै आए । नयाँलाई पालो दिनुपर्ने हो तर शीर्ष नेताहरू यसका लागि तयार हुनुहुन्न । व्यवस्थापन गर्न चुनौती छ ।’  

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नामहरूको विषय टुङ्गो लगाउन समय लाग्ने छ । उनले भने, ‘ठूलो पार्टीमा धेरैजनाको नाम आउनु स्वभाविक हो । समय लाग्ने देखियो ।’ 

कांग्रेसमा दुई गुट छ । अध्यक्षमा सिटौलालाई पठाए संस्थापन इतर समूह शेखर पक्षले ४ सिट मागिरहेको छ । तर देउवा यसमा तयार देखिएका छैनन् । 

कांग्रेसले केन्द्रीय समितिको बैठकको निर्णय दिन १५ गते शनिबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सो क्रममा  राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशबाट सिफारिस भई आएका नामहरू मध्येबाट भौगोलिक र जातीय सन्तुलनलाई ध्यान दिँदै  उम्मेदवार तय गरिने कांग्रेसले मापदण्ड बनाएको छ ।

त्यसैगरी, पार्टीमा योगदान गरेका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका र हालसम्म कुनै पनि अवसर नपाएकाहरूलाई प्राथमिकता दिने कांग्रेसले निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ । तर, उनी थप्छन्, ‘पुराना नेताहरू भए पनि कुनै कारणले पार्टीमा अवसर नपाउनुभएको हुन सक्छ ।’ 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : ५६ बजे

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा