राष्ट्रियसभाका ६ सिटमा माओवादीको दाबी, १२ आकांक्षी | Khabarhub Khabarhub

राष्ट्रियसभाका ६ सिटमा माओवादीको दाबी, १२ आकांक्षी


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको बागडोर सम्हालेको नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा गठबन्धन दलबीच भागबन्डा हुँदा कति सिट पाउँछ भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । माओवादीले ६ सिट पाउनुपर्ने दाबी गरेको छ । तर, उसको दलबाट १२ जना आकांक्षी प्रकट भएका छन् ।

आगामी फागुन २१ मा माओवादीतर्फका ३ जना सांसद पदमुक्त हुँदैछन् । यसबाहेक एमालेबाट रिक्त हुने ९ सिटमध्ये आफूले थप तीनवटा सिट पाउनुपर्ने माओवादी दाबी छ ।

आफूले पाउने सिटमा को-को नेतालाई व्यवस्थापन गर्ने भन्ने माओवादीले ठोस निर्णय निकाल्न नसकेको छैन । माओवादीलाई आफ्नो पार्टीबाट रिक्त हुने ३ र एमालेको रिक्त हुने ९ मध्ये २ सिटगरी जम्मा ५ सिट मात्र लिन अन्य दलले दबाब दिएको बुझिएको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ कुन प्रदेशमा आफ्नो सिटको  भाग पर्ने भन्ने कुरा गठबन्धनमा निर्णायक छलफल हुन नसकेकाले उम्मेद्वार चयनमा समस्या भएको बताउँछन् । 

गुरुङले भने, ‘हामीले एउटा क्लष्टरमा एउटा मात्रै उम्मेदवार सिफारिस गर भनेका छौँ । एकजना गर्न सकिएन भने प्राथमिकता हेरेर ३ जनासम्म गर्नु भनेका छौं ।’

गठबन्धनसँग परामर्श भइरहे पनि कुन सिट आफ्नो भागमा पर्छ भन्नेमा छलफल नभएको गुरुङले बताए । उनी भन्छन्, ‘कुन दलले कहाँ कहाँ उम्मेदवार उठाउने भन्ने कुरा गठबन्धनमा भएको छैन । आफूलाई परेको सिटमा परामर्श गर्न बाँकी छ ।’ 

माओवादीबाट कोशी प्रदेशको कोटामा लक्ष्मी न्यौपाने, चम्पा कार्की, लता न्यौपाने, ममता राजवंशी र कृष्णकुमारी राईको नाम चर्चामा छ । पुरुषतर्फ अजम्मर काङमाङ राई, टंक गिरी र भोगेन्द्र यादवको नाम चर्चामा छ । यीमध्ये माओवादीले कोशीमा महिला उठाउने तयारी गरेको छ ।

त्यस्तै, ललितपुर–३ बाट निर्वाचन पराजित पम्फा भुसाल, महोत्तरी १ बाट पराजित गिरिराजमणि पोखरेल, धनुषा १ बाट पराजित मात्रिका प्रसाद यादव, कपिलवस्तु १ बाट पराजित चक्रपाणि खनाल, तथा लमजुङबाट पराजित माओवादी महासचिव देव गुरुङको नाम पनि चर्चामा छ ।

पूर्वविद्यार्थी नेता लेखनाथ न्यौपानेको नाम पनि चर्चामा छ । माओवादीका एक पदाधिकारीले खबरहबलाई भने, ‘हामी दोस्रो पुस्ताले सहिद परिवार तथा पार्टीमा दुख गरेका मान्छेलाई पालो दिऊँ भनेका छौँ, नेतृत्वको चाहना भने पुरानामै छ ।’ 

माओवादी महासचिव देव गुरुङ भने आफूले राष्ट्रियसभामा जाने सोच नबनाएको दाबी गर्छन् । उनी भन्छन्, ‘हामीले त सबै प्रदेशलाई नाम पठाउन भनेका छौँ ।’ 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ३ : २० बजे

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय

आगलागीका घटनामा वृद्धि

काठमाडौं– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको

हङकङ सिक्सेस खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सुपर सिक्सेस खेल्ने

समयमै रासायनिक मल नल्याउँदा किसान समस्यामा

कञ्चनपुर– सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं– सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न