रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु « Khabarhub

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी सेनामा भर्ना भएका  थप तीन जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाह रहेका छन् ।

राहदानी नम्बर ११०२७१७३ रहेका भरतबहादुर शाहको मृत्यु गत डिसेम्बर ३ मै भएको परराष्ट्र स्रोतले जनाएको छ । 

राहदानी नम्बर ०७५७३७३८ रहेका राजकुमार गिरीको मृत्यु  डिसेम्बर २८मा भएको खुलेको छ भने हरिप्रसाद अर्यालको  मृत्यु कुन मितिमा भयो भन्रे नखुलेको परराष्ट्र स्रोतले खबरहबलाई बतायो । 

यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपालीको मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।

 

सरकारले रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपालीको शब फिर्ता ल्याउने प्रक्रियामा सघाउन आग्रह गरे पनि अहिलेसम्म रुस सरकारले नेपालीको शब फिर्ता पठाउन सकेको छैन ।

अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा पनि नेपाल सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । यसले गर्दा रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन ।

गत पुस ४ मा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर थप एक नेपालीको मृत्यु हुनुका साथै चार जना नेपाली अपहरणमा परेको उल्लेख गरेको थियो । बेपत्ताको अवस्था अहिलेसम्म अज्ञात छ ।  



 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ४३ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय