रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु « Khabarhub

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी सेनामा भर्ना भएका  थप तीन जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाह रहेका छन् ।

राहदानी नम्बर ११०२७१७३ रहेका भरतबहादुर शाहको मृत्यु गत डिसेम्बर ३ मै भएको परराष्ट्र स्रोतले जनाएको छ । 

राहदानी नम्बर ०७५७३७३८ रहेका राजकुमार गिरीको मृत्यु  डिसेम्बर २८मा भएको खुलेको छ भने हरिप्रसाद अर्यालको  मृत्यु कुन मितिमा भयो भन्रे नखुलेको परराष्ट्र स्रोतले खबरहबलाई बतायो । 

यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपालीको मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।

 

सरकारले रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपालीको शब फिर्ता ल्याउने प्रक्रियामा सघाउन आग्रह गरे पनि अहिलेसम्म रुस सरकारले नेपालीको शब फिर्ता पठाउन सकेको छैन ।

अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा पनि नेपाल सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । यसले गर्दा रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन ।

गत पुस ४ मा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर थप एक नेपालीको मृत्यु हुनुका साथै चार जना नेपाली अपहरणमा परेको उल्लेख गरेको थियो । बेपत्ताको अवस्था अहिलेसम्म अज्ञात छ ।  



 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ४३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र