चोरी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

चोरी गरेको आरोपमा दुई जना पक्राउ


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेपलाञ्चोक घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को डेरा गरी बस्ने २७ वर्षीया सुमित्रा तामाङको कोठाबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरू भक्तपुर ठिमि नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ४२ वर्षीय भुवन श्रेष्ठ र चितवन घर भई काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सुनचाँदी पसल गरी बस्ने ५६ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन्।

सुमित्राको कोठाबाट गत मंसिर १८ गते नगद, गरगहना तथा महत्त्वपूर्ण कागजपत्रसमेत चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं बाफलबाट चोरी भएका विभिन्न सामानहरूसहित पक्राउ गरेको हो।

उनीहरूको साथबाट चोरीमा प्रयोग भएको बा.९६ प ५५४४ नम्बरको स्कुटर एक थान, झोला एक थान, स्वरुप परिवर्तन गरिएको सुन ७५ लाल, बुद्धचित्त जस्तो देखिने गोलो दाना १४ थानलगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ३ : ५१ बजे

हङकङको आगलागीले बिर्सायो २९ वर्षअघिको घटना, चुनाव नै सार्ने तयारी

हङकङ- हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा लागेको भीषण आगलागीमा

निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य

म्याग्दी– यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीले निवेदन लेखाउन पैसा तिरेर

पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मध्यपश्चिम विश्वविद्यालय

कर्णाली– मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको

लुम्बिनीका दुवै ओपरन आउट 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

काठमाडौं– जाडोयाम सुरु भएसँगै  काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको