आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गरिएको भन्दै मन्त्री किराँती आक्रोशित | Khabarhub Khabarhub

आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गरिएको भन्दै मन्त्री किराँती आक्रोशित


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिस्चियन धर्मको विषयमा आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले क्रिस्चियन धर्मको विषयमा आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर अतिरञ्जित गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले घरमा घन्टी बजाएर छोराछोरीलाई क्रिस्चियनले सञ्चालन गरेको विद्यालयमा पढाउन खोज्नेले देशको धर्मको रक्षा गर्छु भन्दै आफ्नो पुत्ला जलाउने काम गरेको तर्क गरे । मन्त्री किराँतीले क्रिस्चियनको देशमा पठाउन एम्वेसीमा लाइन लाग्न पढाउने, जन्मदिनमा केक काट्नेहरू नै आफ्नो अभिव्यक्तिको विरोध गरेको बताए ।

त्यस्तै उनले सञ्चारमाध्यमले पनि भाइरल हुने र विवाद हुने कुरामात्रै देखाउने गरेको भन्दै असन्तुष्टि प्रकट गरे ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : ३१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’