नेपालमा स्मार्ट ग्रिडको लागि स्मार्ट ब्याट्री र सोलार | Khabarhub Khabarhub

नेपालमा स्मार्ट ग्रिडको लागि स्मार्ट ब्याट्री र सोलार


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घाम पावर नेपालले स्वानबार्टन, हिट पावर, सिन कनेक्ट, र प्राक्टिकल एक्शनसँग सहकार्य गरि ‘ग्रिप्स’ परियोजना ल्याएको छ।

नेपालमा बढ्दै गइरहेको बिजुलीको खपत र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न ग्रिप्स सोलार र ब्याट्रीको सहायताले ग्रिडलाई स्थिर र स्मार्ट बनाउने उद्देश्यकासाथ अघि बढाई रहेको हो।

ग्रिडबाट आउने बिजुली अकस्मात् कटेमा, ग्रिप प्रणालीले गुणस्तरता हेरी सोलार वा ब्याट्रीबीच स्वचालित रूपमा स्विच गर्छ। यसले गर्दा बिजुली नआउने समयमा पनि बिना कुनै बाधा उर्जा उत्पादन र वितरण हुन्छ। 

त्यसैगरी, ग्रिप्सले डिजल जस्ता वातावरण प्रदुषित गर्ने वैकल्पिक प्रयोग कम गरि कार्बन फुटप्रिन्ट पनि कम गर्छ। यो दुई वर्षे परियोजना हाल परीक्षणको चरणमा रहेको र अर्को वर्ष पूर्ण हुने अपेक्षा गरिएको छ।

यस परियोजनाले स्मार्ट ब्याट्री र सोलारको नवीनतम मिश्रणले कसरी ग्रिडलाई पूरक बनाई बिजुली कटौती घटाउन र स्थिरता बढाउने भन्ने देखाउने छ ।

ग्रिप्सले हाइड्रो, सोलार र स्मार्ट ब्याट्रीको मिश्रणबाट नेपाललाई उर्जा क्षेत्रमा आत्मनिर्भर हुन मद्दत गर्नेछ विश्वास गरिएको छ । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : २२ बजे

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो ।