नेपालमा स्मार्ट ग्रिडको लागि स्मार्ट ब्याट्री र सोलार « Khabarhub

नेपालमा स्मार्ट ग्रिडको लागि स्मार्ट ब्याट्री र सोलार


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घाम पावर नेपालले स्वानबार्टन, हिट पावर, सिन कनेक्ट, र प्राक्टिकल एक्शनसँग सहकार्य गरि ‘ग्रिप्स’ परियोजना ल्याएको छ।

नेपालमा बढ्दै गइरहेको बिजुलीको खपत र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न ग्रिप्स सोलार र ब्याट्रीको सहायताले ग्रिडलाई स्थिर र स्मार्ट बनाउने उद्देश्यकासाथ अघि बढाई रहेको हो।

ग्रिडबाट आउने बिजुली अकस्मात् कटेमा, ग्रिप प्रणालीले गुणस्तरता हेरी सोलार वा ब्याट्रीबीच स्वचालित रूपमा स्विच गर्छ। यसले गर्दा बिजुली नआउने समयमा पनि बिना कुनै बाधा उर्जा उत्पादन र वितरण हुन्छ। 

त्यसैगरी, ग्रिप्सले डिजल जस्ता वातावरण प्रदुषित गर्ने वैकल्पिक प्रयोग कम गरि कार्बन फुटप्रिन्ट पनि कम गर्छ। यो दुई वर्षे परियोजना हाल परीक्षणको चरणमा रहेको र अर्को वर्ष पूर्ण हुने अपेक्षा गरिएको छ।

यस परियोजनाले स्मार्ट ब्याट्री र सोलारको नवीनतम मिश्रणले कसरी ग्रिडलाई पूरक बनाई बिजुली कटौती घटाउन र स्थिरता बढाउने भन्ने देखाउने छ ।

ग्रिप्सले हाइड्रो, सोलार र स्मार्ट ब्याट्रीको मिश्रणबाट नेपाललाई उर्जा क्षेत्रमा आत्मनिर्भर हुन मद्दत गर्नेछ विश्वास गरिएको छ । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : २२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६