१० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भयो : मन्त्री किराती « Khabarhub

१० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भयो : मन्त्री किराती


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताएका छन् ।

गायक यश कुमारले तयार गरेको गीत ‘तिमी छौँ र त’ को आज श्रव्यदृश्य सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले यसका लागि गीतसङ्गीत र चलचित्र सर्जकलाई धन्यवाद दिए ।

त्यस अवसरमा मन्त्री किरातीले सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको र त्यो पूरा भएको समेत जानकारी गराए । ‘गीतसङ्गीत र चलचित्रलाई नरम कूटनीतिका रुपमा लिइन्छ । यसले नजानिँदो किसिमले प्रभाव पारिरहेको हुन्छ’, उनले भने, ‘उदाहरणका लागि भारतीय गीतसङ्गीत र चलचित्रले विश्वका विभिन्न देशमा प्रभाव पारिरहेका छन् ।’ उनले समाजको सोच बदल्न सर्जकले भूमिका निर्वाह गर्नसक्ने धारणा राखे ।

मन्त्री किरातीले विश्वका केही देशमा गीतसङ्गीत र यसको श्रव्यदृश्यले कूल गार्हस्थ उत्पादनमा समेत उल्लेख्य योगदान दिएको चर्चा गर्दै यस क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न सक्नुपर्नेमा जोड दिए । मन्त्री किरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको उल्लेख गरे।

गायक यश कुमारले बाल्यकालमा खोला किनारमा बालुवा चालेर जीविकोपार्जन गरेका थिए । यश कुमारले गीतसङ्गीतको माध्यमले मनोरञ्जनसँगै सन्देश प्रभाव गर्ने प्रयास गरेको बताए ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १० : १९ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय