यू-१९ विश्वकप : आज भारतसँग भिड्दै नेपाल, यस्तो छ ‘हेड टु हेड’ « Khabarhub

यू-१९ विश्वकप : आज भारतसँग भिड्दै नेपाल, यस्तो छ ‘हेड टु हेड’


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा सुरु हुँदैछ।

सुपर सिक्सका दुई खेल अगावै विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको नेपालका लागि यो अन्तिम खेल हो ।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

उक्त खेलमा नेपालका सुवास भण्डारीले सम्झन लायक बलिङ गर्दै ५ विकेट लिए । ब्याटिङतर्फ नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन र कप्तान देव खनालले ३५ रन जोड्नुबाहेक अन्य ब्यासम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिका विश्वकपमा नेपाल समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भयो । दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो । सनसनीपूर्ण बनेको अफगानिस्तानविरुद्धको खेलमा नेपालले एक विकेटको जित निकालेको थियो ।

नेपालका आकाश चन्द लगाय खेलाडी

नेपाल र भारतको ‘हेड टु हेड’
विश्वकप यात्राको अन्तिम खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका लागि विश्वकपको अन्तिम खेल चुनौतीपूर्ण छ। भारतसँग नेपालले पछिल्ला कुनै पनि खेलमा सुखद् नतिजा निकाल्न सकेको छैन ।

दुई महिना अगाडि मात्र एसिया कपमा भारतसँग नेपाल १० विकेटले पराजित भएको थियो । कमजोर ब्याटिङ गरेको नेपाल भारतसँग ५२ रनमै अलआउट भएको थियो ।

विश्वकपमा भने नेपाल भारतसँग आज तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका दुवै खेलमा नेपाल पराजित भएको छ ।

सन् २००० मा श्रीलंकाको कोलम्बोमा सम्पन्न यू–१९ विश्वकपमा नेपाल र भारतले खेलेका थिए । पहिला ब्याटिङ गरेको नेपाललाई भारतले १०१ रनमा समेटेको थियो । युवराज सिंहले चार विकेट लिएको उक्त खेलमा भारतले आठ विकेटको जित निकालेको थियो ।

नेपाल र भारतको दोस्रो भेट सन् २०१६ को विश्वकपमा भएको थियो । बंगलादेशमा भएको उक्त प्रतिस्पर्धामा समेत नेपालले नै पहिला ब्याटिङ गरेको थियो । आठ विकेटको क्षतिमा १६९ रन जोडेको नेपालमाथि भारतले सात विकेटको जित निकालेको थियो । १७० रनको लक्ष्य भारतले १८.१ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको थियो ।

पाकिस्तानसँगको प्रतिस्पर्धामा नेपाली टिम । फाइदल तस्बिर क्यान

विश्वकपमा कसको जित कति ?

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन्।

नेपाली यू–१९ क्रिकेट टोली । तस्बिरः क्यान

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : ५६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क