क्यान्सरको जोखिम : विवाहित महिलाले पाठेघर नियमित जचाऔं « Khabarhub

क्यान्सरको जोखिम : विवाहित महिलाले पाठेघर नियमित जचाऔं


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाठेघरको मुखको क्यान्सरबाट विश्वमा हरेक वर्ष लाखौँ महिला प्रभावित हुने गरेका छन्। नेपालमा पनि पाठेघरको मुखको क्यान्सरबाट एक लाख बिरामीमध्ये १५ जनाको मृत्यु हुने गरेको तथ्यांक छ। क्यान्सरको सुरुवाती अवस्थामा उपचार गरियो भने यो रोग पूर्णरुपमा निको पार्न सकिने चिकित्सकको भनाइ छ। तर, धेरैजसो बिरामीहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आउने प्रवृत्तिले यो रोग बढ्दो र मृत्युदर पनि बढेको छ।

पाठेघरको मुखको क्यान्सरलाई कसरी बुझ्ने ? यो रोग कुन उमेरका महिलाहरुमा लाग्ने सम्भावना बढी हुन्छ ? यसको उपचार विधि के छ ? र, यसबाट बच्न के गर्न सकिन्छ ? यिनै विषयमा ओम अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर विनोद अर्यालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

पाठेघरको मुखको क्यान्सरलाई कसरी बुझ्ने ?
पाठेघरलाई मुख्यतः २ भागमा बाँडिन्छ। एउटा मुख र अर्को शरीर अर्थात् बडी हुयुम्यान प्यापीलोमा भाइरस भन्ने हुन्छ जुन यौन सम्पर्कको माध्यमबाट शरीरमा प्रवेश गर्छ, त्यो भाइरस लामो समयसम्म पनि शरीरबाट बाहिर गएन भने त्यसले पाटेघरको मुखको क्यान्सर गराउन सक्छ।

कुन उमेरमा क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ ?
बैवाहिक जीवनमा प्रवेश गरिसकेपछि जब महिलाहरु शारीरिक सम्बन्धमा रहन्छन्, ह्युमनपेपिलोमा भाइरस शरीरभित्र प्रवेश गर्छ र विस्तारै इन्फेक्शन गराउँछ। शरीर स्वस्थ छ र अन्य कुनै रोगहरु छैन भने शरीरको प्रकृतिक रोग प्रतिरोधात्मक क्षमताले त्यसलाई परास्त गर्छ। यदि शरीरमा कुनै कारणले रोगसँग लड्ने क्षमता कम छ र लामो समयसम्म इन्फेक्शन भइरह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ।

पाठेघरको मुखको क्यान्सर भएको कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ?
यसको सुरुवाती अवस्थामा शारीरिक सम्बन्ध राख्दा दुख्ने, फोहोर पानी बग्ने, महिनावारी अघि–पछि पनि रगत बगिरहने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिन्छन्।

नेपालमा महिलाहरुमा लाग्ने क्यान्सरमध्ये पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर पर्छ। अन्य देशहरुको तुलनामा रोग लाग्ने र मृत्यु हुनेको संख्या पनि एकदमै बढी छ।

नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्था के छ ?
नेपालमा महिलाहरुमा लाग्ने क्यान्सरमध्ये पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर पर्छ। अन्य देशहरुको तुलनामा रोग लाग्ने र मृत्यु हुनेको संख्या पनि एकदमै बढी छ।

बिरामी कस्तो अवस्थामा अस्पताल आए भने रोग निको पार्न सकिन्छ ?
पाठेघरको मुखको क्यान्सरका तीनवटा चरण हुन्छन्। पहिलो र दोस्रो चरणमा अस्पताल आयो र उपचार गरियो भने उपचार, रोकथाम तथा अप्रेशन लगायतका विधिबाट पूर्णरुपमा निको पार्न सकिन्छ। तर, तेस्रो चरण अर्थात शरीरका अन्य भागमा पनि फैलिसकेको अवस्थामा आयो भने निको पार्ने सम्भावना कम हुन्छ।

अहिले उपचारका लगि आउने बिरामी पहिलो चरण अर्थात् निको पार्न सकिने अवस्थामा आउँछन् या आउँदैनन् के छ अवस्था ?
मेरो अहिलेसम्मको अनुभव तथा बिरामीको तथ्यांक हेर्दा धेरैजसो बिरामीहरु जटिल अवस्थामा मात्रै उपचारका लागि आउने गरेका छन्। जब एकदमै धेरै दुख्छ, रगत बग्छ त्यस्तै अन्य जटिलता आएपछि मात्रै अस्पताल आउँछन्। जाँच गर्दा शरीरका अन्य भागमा फैलिसकेको र ठूलो भइसकेको हुन्छ। जसले गर्दा उपचारको पद्दति पनि फरक हुने, निको हुने सम्भावना पनि कम हुने र मृत्यु दर पनि बढ्दो हुन्छ।

डब्लुएचओले पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदर प्रतिलाख चार जनाभन्दा तल झार्नुपर्छ भन्छ। तर, नेपालमा प्रतिलाख १५ जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

उपचारमा आएका बिरामीमध्ये निको हुने र मृत्यु हुने दर कस्तो छ ?
डब्लुएचओले पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदर प्रतिलाख चार जनाभन्दा तल झार्नुपर्छ भन्छ। तर, नेपालमा प्रतिलाख १५ जनाको मृत्यु हुने गरेको तथ्यांक छ। यो उपचारमा आएका बिरामीको संख्यालाई आधार मानेर निकालिएको अनुमानित डेटा हो। तर, कतिपय बिरामीको रोगको पहिचान नै नभए यही रोगका कारण पनि मृत्यु भएको हुनसक्ने सम्भावना छ।

यसको रोकथामका लागि के गर्नुपर्ला ?
यसको रोकथामका लागि मुख्यतः दुईवटा प्रविधि अपनाउन सकिन्छ। एउटा प्राइमरी प्रिभेन्सन र अर्को सेकेण्डरी प्रिभेन्सन प्राइमरी प्रिभेन्सन भनेको रोग लाग्नै नदिनु हो। यसका लागि एचपीभी खोप उपलब्ध छ। विकसित देशमा पहिलेदेखि नै यो खोपको प्रयोग गरिन्थ्यो। नेपालमा पनि हाल यो खोप उपलब्ध छ। ९ वर्षदेखि १५ वर्षमुनिका बालिकालाई ६ महिनाको फरकमा २ पटक यो खोप लगाइन्छ। यदि २५ वर्षसम्म यो खोप लगाएको छैन र शारीरिक सम्बन्ध पनि भएको छैन भने २५ वर्षको उमेरमा यो खोप तीन पटक लगाउनुपर्छ। यो खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने सम्भावना ९० प्रतिशत छ।

अर्को सेकेण्डरी प्रिभेन्सन भनेको पाठेघरमा रोग लागेको तर क्यान्सर भइनसकेको अवस्था अर्थात् प्रिक्यान्सर अवस्था हो, जुन यो पाठेघरको मुखको पानीको जाँचबाट पत्ता लाग्छ। त्यसैले वैवाहिक जीवनमा प्रवेश गरिसकेका महिला वा आमाले कम्तिमा तीन वर्षको एकपटक पाठेघरको मुखको पानीको जाँच गर्नुपर्छ। जसले, पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न धेरै नै मद्दत पुग्छ।

यसको उपचार विधि के छ ?
क्यान्सर नै भइसकेपछि किमोथेरापी, रेडियोथेरापी र अप्रेशनको विधिबाट उपचार गरिन्छ। पहिलो र दोस्रो चरणमा यदि छ भने अप्रेशनकै माध्यमबाट निको पार्न सकिन्छ। तर, पाठेघरको मुखभन्दा अन्य भागमा क्यान्सर फैलिसकेको छ भने रेडियोथेरापी एवं किमोथेरापीबाट उपचार गर्न सकिन्छ।

विवाहित महिलाले कम्तिमा पनि तीन वर्षमा एकपटक पाठेघरको मुखको पानीको जाँच गर्दा केही हदसम्म क्यान्सरको जोखिमबाट बच्न सक्छन्। यो सुविधा देशका सबैजसो अस्पतालमा उपलब्ध छ।

एकपटक उपचार गरिसकेपछि फेरि बल्झिने सम्भावना कत्तिको हुन्छ ?
क्यान्सरको चरणमा भर पर्छ। सुरुआती अवस्थामै उपचार गरिएको छ भने पूर्णरुपमा निको हुन्छ, बल्झिने सम्भावना हुँदैन। यदि शरीरका अन्य भागमा फैलिसकेपछि उपचार गरिएको छ भने फेरि पनि बल्झिन सक्छ।

अन्त्यमा यहाँको सुझाव ?
विवाहित महिलाले कम्तिमा पनि तीन वर्षमा एकपटक पाठेघरको मुखको पानीको जाँच गर्दा केही हदसम्म क्यान्सरको जोखिमबाट जोगाउँछ। यो सुविधा देशका सबैजसो अस्पतालमा उपलब्ध छ। त्यस्तै ९ देखि १५ वर्षमुनिका बालिकालाई एचपीभी खोप लगाउनु आवश्यक छ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ०३ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति