राजावादी वकिलको आक्रोश : मदन भण्डारीका हत्यारा खोई ? | Khabarhub Khabarhub

राजावादी वकिलको आक्रोश : मदन भण्डारीका हत्यारा खोई ?


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ०५८ सालमा राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः छानविनको कुरा यतिबेला फेरि उठेको छ। एकातर्फ पूर्वराजा ज्ञानेन्द्रले आफूहरुमाथि भ्रामक प्रचार गरेर अन्याय भएको गुनासो गरेका छन् भने अर्कोतर्फ प्रधानमान्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको पुनः छानविन गरिने बताएका छन्।

यस सन्दर्भमा प्रश्न गर्दा राजावादी धारका कडा समर्थक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने आक्रोशित बने। प्रधानमन्त्री पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई झापाकाण्ड र जनयुद्धकालमा ‘हत्यारा’ सम्म भन्न भ्याएका न्यौपानेले मदन भण्डारीका हत्यारा पत्ता लगाएर देखाउन चुनौतीसमेत दिए।

अहिले देशमा भ्रष्टाचार बढिरहेको र त्यसबारे पूर्वराजाले प्रश्न उठाएपछि नेताहरुले तर्सिएर दरबार हत्याकाण्डबारे छानविनको बाहनाबाजी गरेको न्यौपानेको आरोप छ।

गत चुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट शंख चुनाव चिन्ह लिएर ‘नेपालका लागि नेपाली पार्टी’ बाट उम्मेदवार बनेका न्यौपाने राष्ट्रवादी कानून व्यवसायी हुन्। विगतमा गिरिजाप्रसाद कोइरालाका पालामा भारतसँग भएको टनकपुर सम्झौताविरुद्ध उनले नै सर्वोच्च अदालतमा मुद्दा दायर गरेर नयाँ व्याख्या गराएका थिए। अहिले उनी यो व्यवस्था फालेर ज्ञानेन्द्रलाई राजा बनाउनुपर्ने लाइनमा उभिएका छन्।

आखिर, २२ वर्ष पुरानो दरबार हत्याकाण्डको छानविनको कुरो किन उठ्यो ? यो छानविनकति सम्भव छ? वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रेडियो क्यान्डिडसँग गरेको कुराकानीको सारांश यहाँ प्रस्तुत छ–

२२ वर्ष पुरानो दरबार हत्याकाण्डको छानविन गर्ने कुरा अहिले आएर प्रधानमन्त्री पुष्पकमल दाहालले दोहोर्याएका छन्। ज्ञानेन्द्र शाहबाट पनि मलाई र मेरो परिवारलाई अन्याय भयो भन्ने अभिव्यक्ति आएको छ, यो कुरा अहिले फेरि किन उठ्यो ?
यो पूर्वराजाले वीरगञ्जमा सार्वजनिक कार्यक्रममा बोले। एउटा स्वाभाविकरूपले घटेको घटना, त्योबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय,सभामुख तारानाथ रानाभाट,प्रतिपक्ष दलका नेता माधव नेपालको समिति बनाएर त्यहाँ भएका सम्पूर्ण चस्मदित मानिसहरूको बयान गराउँदा युवराज दीपेन्द्रले आफूले माया गरेकी केटीसँग विवाह गर्न नपाएको रिसमा त्यो घटना घटेको हो। मलाई थाहा भएसम्म त्यतिबेला ज्ञानेन्द्र पोखरामा थिए। त्यो घटना घटेपछि राति नै मलेखु आए र भोलिपल्ट त्यहाँबाट हेलिकप्टरमा काठमाडौं ल्याइयो।

मलाई थाहा भएसम्म त्यतिबेला ज्ञानेन्द्र पोखरामा थिए। त्यो घटना घटेपछि राति नै मलेखु आए र भोलिपल्ट त्यहाँबाट हेलिकप्टरमा काठमाडौं ल्याइयो।

अहिले बढी यो प्रश्न उठाउने एमालेका केपी शर्मा ओली छन्। उनको पार्टीका नेता माधव नेपालले दाम राखेर ढोग्नुभयो। त्यसपछिउहाँहरूको पार्टी सरकारमा गयो।

केपी ओली र प्रचण्ड कति लामो समयसम्म सत्तामा बस्नुभयो ? उहाँहरूलाई यो प्रश्न नउठ्ने, तर राजाले देशमा विकास भएन, युवा विदेश पलायन भए हाम्रो देशमा राष्ट्रिय जुन हैसियत थियो त्यो हैसियत समाप्त भयो। शासन सत्ता विदेशीले चलाए। जनतालाई सबै झुटो कुरा मात्र गरिए यसरी त देश बन्दैन भनेर अभियोग लगाएर हिँड्न थालेपछि अब उहाँहरूलाई सम्झना आयो दरबार हत्याकाण्डको। ओली पनि तीन/चार पटक यो देशका प्रधानमन्त्री भए। प्रचण्ड पनि तेस्रो चोटि सत्तामा छन् पहिला उनलाई पनि केही समस्या भएन चुप लागेर थन्किएर बसेको अवस्थामा दरबार हत्याकाण्ड खोल्नु नपर्ने। तर, हाम्रो नेपालीमा एउटा उखान छ नि, अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ। अब यी नेता, प्रचण्ड र ओलीको लुटधन्दा जनताले खोस्ने भए, राजालाई साथ दिए भनेपछि दरबार हत्या काण्डका् झुठो अभियोग लगाए। यो एक किसिमको अपराध हो।

अब यी नेता, प्रचण्ड र ओलीको लुटधन्दा जनताले खोस्ने भए, राजालाई साथ दिए भनेपछि दरबार हत्या काण्डका् झुठो अभियोग लगाए। यो एक किसिमको अपराध हो।

अपराध अपराधीले नै गर्छ। केपी शर्मा ओली झापामा टाउको काटेका अपराधी हुन् प्रचण्ड १७ हजारका अपराधी। अनि दरबार हत्याकाण्ड कसले संलग्न भएर ग-यो त ? त्यतिबेला केपी शर्मा ओली पनि थिए। गिरिजा त प्रधानमन्त्री नै थिए। किन आयोग बनाएर छानबिन गर्न नसकेको त ? यो अब आफ्नो लुटधन्दा जाने भयो भनेर जनतालाई भ्रम सिर्जना गर्नलाई उहाँहरूले दरबार हत्याकाण्डको छानबिन गर्छु भन्नुभयो।

दरबार हत्याकाण्ड छानबिन सम्भव छ कि छैन?
छ। तर, त्यतिबेलाको व्यवस्था बमोजिम नेपालका जनप्रतिनिधिको संस्थाका सभामुख र न्यायालयका प्रधानन्यायाधीश र प्रतिपक्ष दलको माधव नेपाललाई समितिमा त राखिदिएको थियो नि। त्यतिबेला गाँजा खाएर त यी नेताहरु बसेका थिएनन् होला। यदि दरबारहत्या काण्ड ज्ञानेन्द्रले गरेको हो भने माधव नेपालले त्यो समितिमा बसेर उनलाई सजाय गर्नुपर्छ भनेर किन नलेखेको ? अहिले आएर जनतालाई भ्रम सिर्जना गर्न हुन्छ त? अनि १७ हजार मार्ने चाहिँ महान क्रान्तिकारी भए त ? मदन भण्डारीको हत्या भएपछि केपी शर्मा ओलीले सार्वजनिक रूपमा उहाँको हत्याराको घर थाहा छ, हत्यारा चिन्छु तर कांग्रेसले थुन्दैन, हामीलाई सत्तामा पुर्याइदिनुहोस् हत्यारालाई सार्वजनिक गर्छौँ भनेका थिए। जनताले ओलीलाई सत्तामा पुर्याइदिए। मदनकी श्रीमती विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाइदिए। तर, किन हत्यारा पत्ता लागेन ? अमर लामा कोबाट मारिए ? यसरी आफ्ना आङमा भैंसी नदेख्नेले अरूको डँड्याल्नामा जुम्रा देख्ने? राजाले हिजो अन्याय गरेको भए २२ वर्ष के गरेर बस्यौ भनेर अहिले जनताले यिनलाई प्रश्न गरे।

आफ्ना आङमा भैंसी नदेख्नेले अरूको डँड्याल्नामा जुम्रा देख्ने? राजाले हिजो अन्याय गरेको भए २२ वर्ष के गरेर बस्यौ भनेर अहिले जनताले यिनलाई प्रश्न गरे।

ललितानिवास, झापाको चिया बगान कसले खायो? झापामा टाउको काट्ने को हो? १७ हजार मान्छे मार्ने को हो? नेपाली कांग्रेसले कोशी, गण्डकी, जनकपुर बेचेर खाएको होइन?हिजो झापामा किन टाउको काटिएका रहेछन् ? झापामा १७० अरब राखेर किन भ्यु टावर बनाइयो। अहिले पूर्व-पश्चिम रेलका नाममा जनताको सम्पत्ति रोकेर न रेल छ, जनताले जग्गा जमिन बेचेर औषधि खान पाएका छैनन्। भ्रष्ट्राचार अन्याय अत्याचार भन्दा केही छैन। अनि जनता जागे। यी अहिलेका मान्छेबाट केही हुने वाला छैन। जनताले राजाबाट आशा गरेका छन् राजाले आँट गर्नुप-यो। हिजो बन्दुक बोकेर पृथ्वीनारायण शाह नलागेको भए अहिलेका पृथ्वीनारायण शाह हुँदैनथे।

अहिलेकै संविधानिक प्रक्रियाबाट राजाले स्पेस पाउने ठाउँ छैन ?
ईंट्टा बनाउने साँचो बाङ्गो छ भने जसले बनाए पनि बाङ्गो नै हुन्छ। यो व्यवस्थामा रामलाई ल्याएर प्रचण्ड बनाए पनि देउवा प्रचण्ड भन्दा बढी भ्रष्ट हुन्छ।यो व्यवस्था भनेको अपराधीले अपराध गर्न ल्याएको ब्यवस्था हो। त्यसैले यसको साँचो नै बाङ्गो छ। तीनजना अपराधी बनेर हाम्रो अपराधको राज्य कायम गर्न बनाए। ठूलो ठूलो भ्रष्ट्राचार गरेका लाई कारबाही छैन।

खुलेर बोल्ने अधिकार त दियो नि यो व्यवस्थाले ?
बोल्न पाइन्छ। खोलामा गीत गाएर त कसैले सुन्दैनन्। बोलेर काम नै छैन। बोलेको कामको कारबाही हुनु प्रजातन्त्रको काम हो।

 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ५६ बजे

गृहमन्त्रीद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

धुलिखेल– गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका

घाइते भारतीय चालकको मृत्यु, प्रसाईं समर्थकले ट्रकबाट निस्किन नदिई लगाएका थिए आगो

झापा–बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत

मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

नारायणगढ– जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९

ह्युमपाइपले जोडियो तातोपानी नाका

चौतारा– गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले अरनिको राजमार्गको विभिन्न