माल्दिभ्सलाई दिने सहायता रकममा भारतद्वारा २२ प्रतिशतले कटौती « Khabarhub

माल्दिभ्सलाई दिने सहायता रकममा भारतद्वारा २२ प्रतिशतले कटौती


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– माल्दिभ्सको सुख-दुःखमा साझेदार रहेको भारत यसका गतिविधिबाट यति विचलित भएको छ। अहिले नयाँ दिल्लीले मालेलाई दिने आर्थिक सहयोगमा कटौती गरेको छ । 

भारतले हिजो आर्थिक वर्ष २०२४-२५ को लागि अन्तरिम बजेट प्रस्तुत गरेको छ । सो बजेट अन्तर्गत भारतले २०२४–२५ आर्थिक वर्षको लागि माल्दिभ्सको सहायतामा २२ प्रतिशत कटौतीको प्रस्ताव गरेको छ। जसअनुसार माल्दिभ्सको विकासका लागि बजेटमा ६०० करोड रुपैयाँ विनियोजन गरिएको छ। 

यद्यपि यो सरकारले कुनै पनि विदेशी मुलुकलाई दिने तेस्रो ठूलो रकम हो । तर यसअघि दिएको सहयोगको तुलनामा भने यो घटेको छ । सन २०२३– २४ मा भारत सरकारले माल्दिभ्सलाई ७७०.९० करोड भारतीय रुपैयाँ सहयोग गरेको थियो। सो अघि सन २०२१–२२ मा १८३.१६  करोड भारतीय रुपैयाँ दिएको थियो। माल्दिभ्सलाई भारतीय विदेश मन्त्रालयमार्फत विभिन्न योजना अन्तर्गत यो सहयोग उपलब्ध गराउँदै आएको छ ।

पछिल्ला केही वर्षदेखि माल्दिभ्सलाई आर्थिक सहायता प्रदान गर्ने देशहरूमा भारत अग्रणी रहेको छ। भारतले माल्दिभ्सलाई रक्षा, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा धेरै सहयोग गरिरहेको छ । तर, पछिल्लो दिनमा सम्बन्धमा दरार उत्पन्न भए पछि भारतले दिने माल्दिभ्सको बजेट घटाएको हो ।

साथै, भारत सरकारले आगामी आर्थिक वर्षका लागि विदेशी मुलुकलाई दिइने कुल अनुदानमा पनि १० प्रतिशतले कटौती गरेको छ । भारतले २०२४–२५ को लागि विदेशी देशहरूलाई सहायताको लागि ४८८३.५६ करोड भारतीय रुपैयाँ मात्र विनियोजन गरेको छ। तर, नेपाललाई भने भारतले सहायता रकम बढाएको छ । 

जसअनुसार भारतले नेपाललाई दिने अनुदान बढाएर ११ अर्ब २० करोड पुराएको छ । नेपालका लागि वित्त वर्ष २०२३–२४ मा ५ अर्ब ५० करोड भारु अर्थात ८ अर्ब ८० करोड नेपाली रूपैयाँ विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४–२५ का लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ३८ बजे

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

जलेश्वर (महोत्तरी) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो

सङ्गठनका प्राथमिकताहरू गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता