टीआरसी विद्येयक सहमतिबाटै अघि बढाउनुपर्छ : ओली  « Khabarhub

टीआरसी विद्येयक सहमतिबाटै अघि बढाउनुपर्छ : ओली 


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिबाटै अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्ताका क्रममा ओलीले टीआरसी विद्येयकलाई सहमतिबाटै अघि बढाउनुपर्नेमा जोड दिएका छन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले टीआरसी विद्येयक लगायतका विषयमा छलफल भएको भन्दै उक्त विधेयकलाई बहुमतले नभई राम्रो बनाएर सहमतिमा नै पास गर्नुपर्ने बताए ।

यद्यपि ओलीले उक्त विधेयकमा एमालेका अडान कायमै रहेको उल्लेख गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने, टीआरसी विधेयकलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको ओलीले बताएका हुन् । भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले टिआरसी विद्येयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गर्दै शान्ति प्रक्रियाका काम टुङ्ग्याउनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ११ : ५२ बजे

रौतहट–४ बाट माधव नेपालको उम्मेदवारी

रौतहट– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले  रौतहट

सानो पाइला सहकारीको बचत ठगी : रविसँग अदालतले माग्यो एक करोड धरौटी

काठमाडौं- पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक

पत्रकारिताले निर्लज्जता देखाएको भन्दै धनराज गुरुङले पोखे आक्रोश

काठमाडौं – नेपाली कांग्रेसका नेता धनराज गुरुङले आफूले टिकट नपाएको

काठमाडौं–५ बाट प्रदीप पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँ क्षेत्र नम्बर ५

निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध

काठमाठौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न