गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड « Khabarhub

गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुरटेम्केमैयुङ गाउँपालिका–४ नागीले  सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । 

शैक्षिक सुधारका लागि यहाँका शिक्षक तथा कर्मचारीलाई तीन महिने प्रविधिसम्बन्धी आइसिटी तालिम दिएको छ । वडाले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउँदै, प्रविधिमैत्री पठन-पाठनमा जोड दिन तालिम दिएको जनाएको छ ।

 शिक्षक तथा कर्मचारीमा कम्प्युटरसम्बन्धी राम्रो ज्ञान नहुँदा प्रविधिमैत्री शिक्षा गुणस्तरीय हुन नसकेको ठहर गर्दै एक माध्यमिकसहित तीन विद्यालयका शिक्षक तथा कर्मचारीलाई तालिम दिइएको वडाध्यक्ष हर्कराज राईले बताए। 

तालिमपश्चात विद्यालयको कार्यसम्पादनसँगै शैक्षिक सुधार हुने अपेक्षा लिएको उनको भनाइ छ । तीन महिनासम्म सञ्चालन गरिएको उक्त तालिममा एक सय ३५ जनाको सहभागिता रहेको थियो । सोही अवसरमा कार्यसम्पादनमा सहजता थप्ने उद्देश्यले स्वास्थ्यचौकीका कर्मचारीलाई समेत तालिम दिएको वडा कार्यालयले जनाएको छ । 

वडा कार्यालयले यसअघि शिक्षण सिकाइ क्रियाकलापलाई गुणस्तरीय बताउनका लागि शिक्षक तथा अभिभावकलाई पनि तालिम दिएको छ । विभिन्न चरणमा यहाँका तीन सय बढी अभिभावकलाई शैक्षिक सुधारका लागि खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिइएको हो । 

वडा कार्यालयले थालेको अभियानले शैक्षिक सुधारमा टेवा पुग्ने चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णकुमार राईले बताए। 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १२ : ०५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर