उपनिर्वाचनको टुङ्गो आगामी हप्ता लाग्छ : आयुक्त थपलिया   « Khabarhub

उपनिर्वाचनको टुङ्गो आगामी हप्ता लाग्छ : आयुक्त थपलिया  


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोग वैशाखमा हुने उपनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी हप्ता नै यसको टुङ्गो लाग्ने बताए ।

थपलियाले आउँदो हप्ता उपचुनावको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राख्ने जानकारी दिए । उनले खबरहबसँग भने, ‘तीनै तहको उपनिर्वाचन एकै पटक हुन्छ । विवरण संकलनको काम भइरहेको छ । कति बजेट र सुरक्षा लाग्छ, मतदाता नामावली अद्यावधिक गर्ने काम पनि हुन्छ । आउँदो हप्ता सबै तयारी गरेर सरकारलाई भेट्छौँ । त्यसपछि कुरा अगाडि बढ्छ ।’

हाल प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुवास नेम्वाङको क्षेत्रमा उपनिर्वाचन हुने छ । यस्तै, सुदूरपश्चिममा असार ६ गते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ क मा पनि उपनिर्वाचन हुने छ ।

हालसम्मको नतिजाअनुसार यी सँगै स्थानीय तहका २३ क्षेत्रमा उपनिर्वाचन हुने आयोगको तथ्यांक छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १ : ०७ बजे

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी

एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक

राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन