राष्ट्रियसभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत « Khabarhub

राष्ट्रियसभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति बैठकले राष्ट्रियसभाको माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले राष्ट्रियसभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन माहिनाको  सम्भावित कार्यतालिका स्वीकृत गरेको राष्ट्रियसभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने निष्कर्ष निकालेको छ । जसले गर्दा कार्यतालिका बनाउन सहज हुने अपेक्षा छ ।

संसदको आउने अधिवेशनमा सरकारले केकस्ता र कति विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने बिषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : १३ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६