मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत विद्यार्थी पास « Khabarhub

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत विद्यार्थी पास


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत पास भएका छन् ।

शुक्रबार काउन्सिलले प्रकाशित गरेको १६ देखि १९ माघसम्म लिएको लाइसेन्स परीक्षाको नतिजाअनुसार ५६.६८ प्रतिशत पास भएका हुन् । एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए ।

१ हजार ७ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ सय ७२ जना पास भएका छन् । लाइसेन्स परीक्षामा एमबीबीएसतर्फका ७ सय ६५ जना परीक्षार्थी फेल भएका छन् । यस्तै, ४ जना परीक्षार्थीको रिजल्ट भने विथहोल्डमा राखिएको काउन्सिलले जनाएको छ ।

बिडिएसतर्फ २ सय ८५ जनाले परीक्षा दिएकामा १ सय ७४ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । जुन ६१.०५ प्रतिशत हो । यसैगरी, बिडिएसतर्फ १ सय ११ जना लाइसेन्स परीक्षामा फेल भएका छन् भने ६ जना अनुपस्थित रहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : ४३ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल