मलेसियाका पूर्वप्रधानमन्त्री नजिबको कारागार सजायले आधा घटाइयो « Khabarhub

मलेसियाका पूर्वप्रधानमन्त्री नजिबको कारागार सजायले आधा घटाइयो


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- भ्रष्टाचार प्रकरणमा जेलमा रहेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाकको कारागार सजाय आधाले घटाइएको छ ।

पूर्वप्रधानमन्त्री रज्जाकको सजाय आधा घटाएर छ वर्ष बनाएको मुलुकको क्षमा बोर्डले शुक्रबार बताएको छ । अर्बौं डलरको १ एमडिबी वित्तीय घोटालामा सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित अपराधमा नजिबलाई सन् २०२२ मा १२ वर्षको कारागार सजाय सुनाइएको थियो ।

“राय र सल्लाहमाथि विचार गरेपछि क्षमा बोर्डले नजिब रज्जाकको सजाय र जरिवानामा ५० प्रतिशतले कटौती गर्ने फैसला गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

एक उत्तराधिकारीलाई सिंहासन हस्तान्तरण गर्नु दुई दिनअघि पूर्वराजा सुल्तान अब्दुल्लाको अध्यक्षतामा रहेको क्षमा बोर्डको सोमबारको बैठकले उक्त निर्णय गरेको हो । बोर्डमा अन्य अधिकारीका साथै महान्यायाधिवक्ता पनि रहेका थिए ।

लामो सुनुवाइपछि नजिबलाई सन् २०२० मा पूर्व १ एमडिबी एकाइ एसआरसी इन्टरनेसनलबाट आफ्नो निजी बैंक खातामा चार करोड २० लाख रिङ्गिट (८९ लाख अमेरिकी डलर) को हस्तान्तरणमा सत्ताको दुरुपयोग, मनी लन्ड्रिङ र आपराधिक उल्लङ्घन गरेको दोषी पाइएको थियो ।

कारागार सजाय उल्ट्याउने उनको प्रयासलाई मुलुकको सर्वोच्च अदालतले खारेज गरेको थियो । सन् २००९ देखि सन् २०१८ सम्म प्रधानमन्त्री रहेका ७० वर्षीय नजिबले निष्पक्ष सुनुवाइ नभएको दाबी गरेका थिए ।

उनले एक न्यायाधीशको स्वार्थको द्वन्द्व भएको र आफ्नो कानूनी टोलीलाई मुद्दाका कागजातहरू अध्ययन गर्न पर्याप्त समय नदिइएको आरोप लगाएका थिए ।

मलेसियाका राजनीतिक संरक्षक महाथिर मोहम्मदको विपक्षी गठबन्धनले सन् २०१८ को निर्वाचनमा घोटालाका आक्रोशबीच उनलाई सत्ताबाट बाहिर पुर्‍याएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : ५३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको