बाँसबारी छालाजुत्ता कारखानामा जग्गा प्रकरणमा फाइदा लिन कम्पनी खडा गरिएको खुलासा « Khabarhub

बाँसबारी छालाजुत्ता कारखानामा जग्गा प्रकरणमा फाइदा लिन कम्पनी खडा गरिएको खुलासा


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा फाइदा लिन च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेको पाइएको छ ।

उक्त प्रकरणका बिषयमा जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कानून विपरीत आफूलाई फाइदा लिनका लागि तत्कालिन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापाले च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेको पाइएको जनाएको हो ।

सो कम्पनीको जारी पूँजी ५० लाखको २५ प्रतिशत शेयर लिने गरि क्यानभास जुत्ता उत्पादन गर्ने भन्दै कारखानाको नाममा श्रेस्ता कायम रहेको १८ रोपनी जग्गामध्येबाट १० रोपनी जग्गाको हक समेत हस्तान्तरण गरेको सीआईबीले जनाएको छ ।

सम्झौताबमोजिम रु १२ लाख पचास हजार लगानी गर्नुपर्नेमा कारखानाको तर्फबाट रु २६ लाख बराबरको लगानी गरि सरकारलाई हानी नोक्सानी पुर्‍याइ आर्थिक लाभ लिएको देखिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए ।

२०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको उनले जानकारी दिए । प्राइभेट कम्पनीमा रुपान्तरण भएपछि सरकारी जग्गा व्यक्तिको नाममा रुपान्तरण भएको र कम्पनीको नाम समेत परिवर्तन गरि सिजी चाँदबाग रेसिडेन्सी बनाइएको आचार्यले बताए ।

हाल उक्त जग्गा चाँदबाग स्कुलकै नाममा रहेको सीआईबीले जनाएको छ । उक्तजग्गा हिनामिना प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुर पक्राउ परेका छन् । पक्राउ परेका तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

सीआइबीले किन समात्यो अरुण चौधरीलाई ?

अरुण चौधरी को हुन् ?

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : ०४ बजे

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय