मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न सकिन्न : अध्यक्ष लिङ्देन « Khabarhub

मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न सकिन्न : अध्यक्ष लिङ्देन


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न नसकिने बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सत्तामा टिक्न विदेशीलाई खुशी पार्ने कामले मुलुकमा बाह्य हस्तक्षेप बढेको बताए । उनले यसलाई रोक्न अब पार्टीले ८४ को निर्वाचन कुर्न नसक्ने बताएका हुन् ।

अहिले उत्तर र दक्षिणबाट भइरहेको क्रियाकलापले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रको द्वन्द्वको शिकार बन्ने खतरा उत्पन्न भएको उनले बताए । उनले वैदेशिक हस्तक्षेप रोक्न, सनातन व्यवस्था कायम गर्न अहिले नै शान्तिपूर्ण जनदबाब सिर्जनाका साथै र युवाहरुको हस्तक्षेप जरुरी रहेको धारणा राखे ।

अभिभावकीय संस्थाका रुपमा रहेको राष्ट्रपति दलका तर्फबाट चयन हुदा दलीय प्रभाव देखिएको भन्दै उनले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहने व्यवस्था सफल हुने जिकिर गरे ।

त्यस्तै, लिङ्देनले नेविसंघ, अखिल जस्ता विद्यार्थी संगठनहरुबाट शैक्षिक गुणस्तर र विद्यार्थीमुखी क्रियाकलाप सम्भव नरहेको भन्दै शैक्षिकमुखी विद्यार्थी संगठनहरुको आवश्यकता देखिएको बताए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : २१ बजे

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि